कार्यकर्ता रिहा नगरे प्रतिरोध गर्ने नेकपाको चेतावनी

भोजपुर : नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरो सदस्य तथा भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर बिष्ट ‘बम’लाई नियमित पार्टी कामको सिलसिलामा बाटोमा हिँडिरहेको अवस्थामा यही असोज ५ गते आइतबार दिउँसो १ बजे प्रहरीले भोजपुरनगरपालिका वडा नं. १०भैँसीपङ्खास्थित गजुरमुखी भिरनजिकैबाट बिनाकारण गिरफ्तार गरेको भन्दै पार्टीको सगरमाथा ब्युरोले घोर भत्र्सना गरेको छ ।

सगरमाथा ब्युरोले आइतबार प्रेसविज्ञप्ति निकाली पार्टीकामको सिलसिलामा रहेका बमलाई दलाल सत्ताका पालित–पोषित सीआईडीहरुले गिरफ्तार गर्न लगाएको भन्दै यस्ता हर्कत रोक्न उनले चेतावनी दिएकोछ । बमलाई बिनासर्त ससम्मान रिहा नगरे त्यसबाट उत्पन्न परिस्थितिको सामना दलाल सत्ता र सम्बन्धित पक्षले नै गर्नुपर्ने चेतावनी ब्युरोले दिएको छ ।

सगरमाथा ब्युरोले विज्ञप्तिमा भनेको छ, ‘नेपाली श्रमजीवी जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिबेला जनताको मुक्तिकालागि निरन्तर सङ्घर्षमा अगाडि बढिरहेको छ । दलाल सामाजिक फासिवादी केपी एन्ड बादल कम्पनीले देशैभर भीषण दमन चलाइरहेको छ । जनतालाई आतङ्कित बनाउँदै धरपकड, गिरफ्तार, दमन र हत्यासम्मको गतिविधि बढाइरहेको छ। यो दलाल सत्ताले जनतालाई न्याय दिन कहिल्यै पनि सोचेन, बरु त्यसको सट्टा महँगी, भ्रष्टाचार, राष्ट्रघात, अशान्ति, गरिबी, चर्को कर, राष्ट्रिय सम्पत्तिमाथिको लुटपाट मच्चाइरहेको छ । सामाजिक फासिवादको विकल्प अब वैज्ञानिक समाजवाद नै होभन्ने बहस समाजमा स्थापित भएर गएको हुँदा गिरफ्तार र दमनचक्रको हर्कत राज्य गर्दै गइरहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा हाम्रो पार्टीका ब्युरो सदस्य तथा भोजपुर जिल्ला सेक्रेटरी क.बमलाई पार्टी तथा जनताको नियमित कामको सिलसिलामा बाटोमा हिँडिरहेको बेला २०७६ असोज ५ गते दिउँसो १ बजे भोजपुर नगरपालिका१०, भैँसीपङ्खाबाट बिनाकारण गिरफ्तार गरेको छ । दलाल सत्ताका पालित–पोषित सीआईडी–सुराकीलाई यस्ता हर्कत रोक्न हाम्रो पार्टी जोडदार माग गर्दछ र कमरेड बमलाई बिनासर्त ससम्मान रिहा गरियोस् । सुनुवाइ नगरी रिहा नगरिए यसबाट उत्पन्न परिस्थितिको सामना दलाल सत्ता र सम्बन्धित पक्षले नै बेहोर्नु पर्नेछ ।’

२०७६ असोज ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :