उपत्यका इन्चार्ज विश्वकर्मासहित दुइ जना गिरफ्तार


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष व्यूरो इन्चार्ज नविन विश्वकर्मा र बटला गिरफ्तार परेका छन् । केपी–पिके गृह प्रशासनले सोमबार दिउँसो विश्वकर्मा र बटलालाई गिरफ्तार गरी वेपत्ता गरेको समाचार प्राप्त भएको छ ।

प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बिकलाई ललितपुरबाट गिरफ्तार गरेको हो । तर प्रहरीले भने औपचारिक रुपमा अहिलेसम्म केही बताएको छैन ।

नेकपाले बिक र बटलाको गिरफ्तारीबारे औपचारिक रुपमा केही नबताए पनि गिरफ्तार गरेर बेपत्ता पारेको बताउँदै सार्वजनिकको लागि मानव अधिकार, संचारमाध्यमहरुसँग आग्रह गरेको छ ।

२०७६ असोज ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :