मध्ययुगबाट आधुनिक युगमा नेपालको प्रवेश

old moter2

त्यसवेला काठमाडौंमा एक सयवटा जती मोटरकारहरु थिए । पहाड र भन्ज्याङको बाटो मानिसहरुले बोकेर तीनलाई तीन हप्तामा काठमाडौं ल्याइपु¥याउँथे । मोटर बोक्न भनेर काठमाडौं विशेष फ्रेम बनाइरहेको हुन्थ्यो र एउटा वाहनलाई ४० जना जती भरियाले बोक्थे । हामी काठमाडौं पुग्दाखेरी तिहारको बेला परेको थियो । हामीले ठाउँठाउँमा र नदीको बगरमा छाडिएका मोटरगाडीहरु देख्यौं । ती वाहानहरुलाई बाटैमा छाडी भरियाहरु तिहारको चाड मनाउँन गएका थिए । चाड सकिएपछि फेरि आएर उनीहरु मोटर बोकेर लैजान्थे । हिजो आज मोटरलाई त्यसरी जतासुकै छाड्न सम्भव छैन । त्यसरी छाडेमा मोटरका एउटै पाटपुर्जा बाँकी रहदैन ।
स्रोत– विकेन्द्रीकरण र विकास

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :