कांग्रेसका उम्मेदवार लखेटिए

nepali-congress-flag

अम्बिका चन्द/काठमाडौं, असार १०ः झापामा नेपाली कांग्रेसका उम्मेदवार स्थानीयको लखेटाइमा परेका छन् । पाथीभरा गाउँपालिकाका मेयर पदका उम्मेदवार कालेन्द्र राजवंशीले गाउँमा स्थानीयलाई पैसा बाँडिरहेको बेला स्थानीय जनताको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टी समर्थित युवाहरुले लखेटेका हुन् । चुनावको नाममा पैसा बाँडेर विकृति बढाउँने र जनता भ्रमित पार्ने हर्कत गरेकोले लखेट्नु परेको क्रान्तिकारी जनपरिषद झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :