चंग हकको गाउँबाट कुन्मिङ नियाल्दा : नेपाल

narayan nepalनारायण नेपाल

बसको यात्रामा चिनियाँ युवती मसँगै थिइन् । उनको अङ्ग्रेजी नाम एलिन रहेछ । कुनै सभासमारोहमा विद्यार्थीहरूलाई युवा स्वयम्सेवकका रूपमा परिचालन गर्ने, विदेशीहरूको हरेक ठूलो जमघट हुनुअघि कलेजका कलिला छात्रछात्राको छनोट गर्ने, तिनीहरूलाई चौबीसै घन्टा छायाँसरि विदेशी पाहुनाहरूको हेरचाहमा खटाउने, बोली र व्यवहारबाटै अरू देशका भाषा, संस्कृति सिक्न लगाउने र आत्मविश्वास जगाउने माध्यम रहेछ चिनियाँहरूको । त्यही क्रममा उनीहरू हामीसँग यात्राभर रहेका थिए । यसरी अभ्यास गराउँदै क्रमशः तिनै युवाहरूलाई नेतृत्वमा ल्याउने गज्जबको तरिका रहेछ चिनियाँहरूको ।

हामी चीनको यात्रामा थियौँ । बिहानको खाजासँगै विदेशी पत्रकारहरूको गोठालो लाग्ने चिनियाँ पत्रिका लिकं टाइम्सकी सम्पादक वाङ यि हतारहतार आइपुगिन् । हामी गाडीमा चढेर सभाहलतिर लाग्यौँ । आजको पहिलो कार्यक्रम कुन्मिङको भगिन सहरका रूपमा विकास गर्दै गरेको विभिन्न देशका सहरहरूबाट आएका प्रतिनिधिहरूले बोल्ने कार्यक्रम थियो । चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवम् कुन्मिङ नगरका उपमेयर लि जोङले बोलेसँगै सबैले धारणा राख्दै थिए । पाकिस्तान र मलेसियाका प्रतिनिधिहरूको बोलाइमा अलि तयारी देखिन्थ्यो । बाँकीका उस्तै टालटुले खालका थिए । नेपाली प्रतिनिधि रहेछन् पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशंकर पालिखे उनको बोलीमा आलि चनाखो भएर ध्यान दिँदै थिए । उनी भन्दै थिए, भर्खर नेपालले एक पाटो एक बाटोमा योजनामा सही गरेको छ । हामी आशावादी छौँ । तर हामीबीचको हिमालय पर्वतको सिमानाले चुनौती हामीसामु रहेको छ भन्ने उनको ठहर थियो । तर मलाई भने सो कुरा चित्त बुझेको थिएन । हामीबीचको बाधक सिमाना होइन हाम्रो व्यवहार र नियत छ कि जस्तो लाग्यो । भारतले हेप्दा मात्र चीन खोज्ने प्रवृत्ति हो कि जस्तो लाग्यो । उनीहरूले चाहने हो भने के हिमालको बार लाग्ला र हिमालमुनि प्वाल छेडेर रेल ल्याउन पनि त सक्छन् । भारतमा सधैँ लम्पसार पर्नेहरूले किन कहिल्यै चीनलाई विश्वास दिलाउन सकेनौ । समस्या त्यही हो जस्तो लाग्यो ।

मुख्यतः चीनले दक्षिणएसिया र दक्षिणपूर्वी एसियाका देशहरूमा लगानी प्रवद्र्धन र व्यापार विस्तारको केन्द्रका रूपमा युनान प्रान्तलाई विकास गरेको रहेछ । कुन्मिङ नगर त्यसको केन्द्रमा थियो । त्यही कारणले यो कुन्मिङ नगरले यो कार्यक्रमको आयोजना गरेको रहेछ । चिनियाँ महत्वाकाङ्क्षाको एक पाटो एक बाटो योजनामा पर्ने दक्षिणएसिया र दक्षिणपूर्वी एसियाका देशहरूमा जनतादेखि जनतासँगको सम्बन्ध विस्तारका चुनौतीहरूलाई कम गर्दै भ्रातृत्व विकास गर्न यो योजना उनीहरूले अघि सारिएका रहेछन् । एक पाटो एक बाटो योजनाले दक्षिणएसिया र दक्षिणपूर्वी एसियाका देशहरूको आर्थिक विकासमा परिवर्तन ल्याउन सकिने चिनियाँ निष्कर्ष रहेछ । आजको बजार र उपभोक्ताको मनोविज्ञानलाई कसरी जित्न सकिन्छ र सिल्करोड योजनाको देशहरूमा कसरी भाषाको समस्या सहज गर्न सकिन्छ भन्ने चिन्ता देखिन्थ्यो । आजका समस्या समाधान गर्दै समृद्धिमा लम्कने चिन्ता प्रकट गर्दै थिए ।

knming photo

कार्यक्रमको दोस्रो चरणमा भने फरक तरिकाले कार्यक्रमको योजनाका बनेको रहेछ । युरोपियन देशका प्रतिनिधि चिनियाँ विज्ञ र सरकारी अधिकारीहरूबीचको अन्तरक्रिया आजको व्यापार प्रवद्र्धनमा परेको समस्या र त्यसको समाधानका बारेमा उत्पादित सामानको गुणस्तरको र भन्सार समस्याका र बजारको चुनौतीका बारेमा छलफल भएको थियो । उनीहरूको चिन्ता व्यापार तथा लगानी प्रवद्र्धन मेलाको प्रभाव कस्तो रहला भन्नेबारेमा थियो । त्यही चिन्ताले यो व्यापक अन्तरक्रिया भएको थियो । यो कार्यक्रमको समापनसँगै हामी दिउँसोको खानाका लागि होटेलतिर लाग्यौँ । चिनियाँहरूको खानाको तरिकाले म हैरानै भएको थिएँ । खाना खाने ठाउँमा हेर्दा लाग्छ यिनिहरू खानका लागि नै संसारमा आएका छन् । अनि काम गर्ने ठाउँमा हेर्दा लाग्छ यिनिहरू कामका लागि नै जन्मिएका छन् । वास्तवमै गहिरो निद्रामा परेको चीनलाई अध्यक्ष कमरेड माओले निद्राबाट उठाउनुभएपछि संसार जित्न उनीहरू आफ्नै गतिमा दौडिरहेको झैँ अनुभूति भइरहेको थियो । हामी दिउँसोको यात्राका लागि फेरि तयार भएका थियौँ ।

कुन्मिङ युनान प्रान्तको राजधानी सहर हो । हिमाल र पहाडले चारैतिर घेरेको कुन्मिङ उपत्यका सहर प्राकृतिक सम्पदा र सौन्दर्यमा निक्कै धनी रहेको देखिन्थ्यो । वातावरणमैत्री हरियाली सहरका रूपमा विकास भएको यो सहर बाह्रैमास फुलिरहने सुन्दर फूलजस्तै फुलिरहेको थियो । डियान्चीको छायामा परेको हिमालको प्रतिबिम्बमा चिनियाँ जनवाद फुलिरहेको थियो । आजको विश्वले आधुनिक विकासका नाममा पर्यावरण सन्तुलन र जैविक विविधतालाई ध्वस्त गर्दै वातावरणीय कुरूपता पार्दै आधुनिक सभ्यताको रबाफ देखाउने पश्चिमा जगत्लाई व्यावहारिक जबाफ दिँदै हरियाली सहरको विकास गरेका रहेछन् चिनियाँहरूले । यो कुरा पश्चिमाहरूले देखून्–बुझून् भन्ने उनीहरूको मुख्य अभिप्राय रहेको थियो ।

संसारमै चिनियाँ सभ्यतालाई पुरानो सभ्यता मान्निछ । यो कुन्मिङ एउटा पुरानो सहर भएका कारण पनि विभिन्न व्यक्तिहरूले यसको विकासमा भूमिका खेलेका थिए । माओको क्रान्तिकालपूर्वका विभिन्न व्यक्तिहरूले यो क्षेत्रको विकासमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनीहरूको विरासतलाई समात्दै चिनियाँहरूले आज आधुनिक विकासको मार्गचित्र कोरेको उनीहरूको दाबी थियो । ७० लाख २६ हजार जनसङ्ख्या भएको कुन्मिङ सहरमा हामीले कतै पनि भीडभाडको सामना गर्नुपरेको थिएन । सबै सामान्य गतिमा थिए । धुवाँ, धुलोरहित थियो सहर । ढल, नाली र फोहोरको दुर्गन्ध कतै थिएन । खोला र नहरहरूमा कञ्चन पानी बगिरहेको थियो । हरेक देशको राजधानी सहरले त्यो देशको समृद्धिको स्तर मापन गर्ने गर्छ । यो दृश्यावलोकनसँगै मलाई नेपालको राजधानी सहरमा भएको आधुनिकताको कुरूप चित्र सम्झेर हाम्रो विकास र आधुनिकताको नारा दिनेहरूको भ्रष्ट मति देख्दा उदेक लाग्दै थियो । आफैँ नदीमा ढल, नाली र फोहोरको थुप्रो लगाउने र १५ वर्षपछि नदी सफाइको हल्ला मच्चाएर दुनियाँलाई रमिता देखाउनेहरूको पार देख्दा लाग्थ्यो जवानीमा गरेको कुकृत्यको पश्चाताप बुढेसकालमा गरेझैँ गरिरहेछन् । आखिर सही वितरण र व्यवस्थापनको कला चाहियो नि राज्य सञ्चालकहरूको बेलामा बुद्धि नपु¥याएपछि काम छैन । पोख्दै उठाउँदै भनेझैँ सहरका सभ्य मान्छेहरू घरको फोहोर सडकमा थुपार्ने र सरकारले त्यही फोहोर उठाएर फाल्दैमा ठीक छ हाम्रो नेपालमा । कुन्मिङ सहरको व्यवस्थापन आजको विश्वको आधुनिक हरियाली सहरका रूपमा रहेको छ । लाग्छ कुन्मिङ सहर मानव र प्रकृतिको आधुनिक सङ्गमका रूपमा विकसित भएको छ ।

हामी दिउँसोको यात्रामा निस्कियौँ । कुन्मिङ सहरभन्दा परको एउटा नयाँ गन्तव्य विकास गर्दै थिए चिनियाँहरू जहाँ पर्यटन विकासको नयाँ पूर्वाधारहरू निर्माण भएका थिए । हामी डाँडामा भएको एक घरमा पुग्यौँ जहाँबाट युनानको नमुना सहर प्रदर्शन गरिएको थियो र कुन्मिङको भ्रमणलाई थप सहज बनाएको थियो । हामी ससाना विद्युतीय रिक्साको यात्रा गर्दै हामी ताल निरीक्षणमा गयौ । १० जनासम्म चढ्न सकिने यस्ता रिक्साहरू नेपाली सहर र तराईमा असाध्यै सहज हुन्छ भन्ने लाग्यो– जयप्रकाश गुप्ता भन्दै थिए । नेपालमा विद्युतीय रिक्साको लागत र ब्याट्रीको समस्याले त्यो प्रभावकारी हुन नसकेको ठहर थियो । हामी दृश्यावलोकनमा थियौँ । चिनियाँहरू बिरुवा होइन, रूख नै रोप्दा रहेछन् । रातारात सहरबजार र सडक निर्माण गर्दै थिए । उता कुन्मिङ सहरतिर सहरी रेलमार्गको निर्माण तीव्र गतिमा भइरहेको थियो । यता गाउँसहर सिँगारपटार गर्नमा तल्लीन भएर लागेका थिए चिनियाँहरू । आधुनिक खेतीबालीका लागि कृत्रिम हरितगृह निर्माण गरेर उत्पादन व्यापक गर्दै थिए । सेतो प्लास्टिकको टनेल फाँटभरि थियो । लाग्दै थियो यो फाँट होइन, विशाल ताल हो । खोच र खाल्डोमा पुल हाल्ने र पहाड खोपेर सीधै उपल्लोपट्टि निकाल्ने काइदा रहेछ उनीहरूको । त्यसैले होला सडकयात्रा निक्कै सहज थियो । मनमोहक ताल फूलबारीको दृश्यलाई कैद गर्दै हामी त्यो गाउँको कथा बोकेको चँग हको स्मारकतिर लाग्यौँ । कुन्मिङ सहरको अवलोकन गर्न सहज उच्च स्थानमा स्मारक रहेको थियो । हाम्रो यात्रामा पत्रकार किशोर श्रेष्ठको ख्याल ठट्टाले थप रोमाञ्चकता दिँदै थियो । उनी ख्यालठट्टामा खप्पिस रहेछन् ।
युनान प्रान्तको चुँग सिङ जिल्ला एक चिनियाँ समुद्री यात्रीको नामबाट नामकरण गरिएको रहेछ । चिनियाँ यात्रीले कोलम्बसले भन्दा पहिला अर्थात् आजभन्दा करिब सवा छ सय वर्षअघि नै समुद्री मार्गचित्र पत्ता लगाएका थिए । त्यतिबेला न कुनै इन्धन थियो, न त कुनै इन्जिन केवल विशुद्ध पाखुरा र साहसको भरमा २०० डुँगासहित समुद्रिक यात्रा गरेका रहेछन् । उनले ३ चोटि अन्र्टाटिका पार गरेका थिए । उनै मुस्लिम जलयात्री चँग हको गाउँमा रहेछ यो ठाउँ । जलयात्राकै क्रममा भारतीय तटमा ६४ वर्षको उमेरमा उनको निधन भएको विश्वास गरिन्छ ।

चिनियाँहरूले कागज, छापाखाना मेसिन र कम्पास आविष्कार गरेपछि समुद्री यात्रा थालेका थिए । उनै चँगको दरबार सानो पानीजहाजको आकारमा थियो । भित्ताहरूमा बनेका कलात्मक तस्बिर, स्मारक र दरबारको अवलोकनसँगै हामीले कुन्मिङ सहरलाई नियाल्यौँ, तस्बिर लियौँ र होटेलतिर फर्कियौँ । बसको यात्रामा चिनियाँ युवती मसँगै थिइन् । उनको अङ्ग्रेजी नाम एलिन रहेछ । कुनै सभासमारोहमा विद्यार्थीहरूलाई युवा स्वयम्सेवकका रूपमा परिचालन गर्ने, विदेशीहरूको हरेक ठूलो जमघट हुनुअघि कलेजका कलिला छात्रछात्राको छनोट गर्ने, तिनीहरूलाई चौबीसै घन्टा छायाँसरि विदेशी पाहुनाहरूको हेरचाहमा खटाउने, बोली र व्यवहारबाटै अरू देशका भाषा, संस्कृति सिक्न लगाउने र आत्मविश्वास जगाउने माध्यम रहेछ चिनियाँहरूको । त्यही क्रममा उनीहरू हामीसँग यात्राभर रहेका थिए । यसरी अभ्यास गराउँदै क्रमशः तिनै युवाहरूलाई नेतृत्वमा ल्याउने गज्जबको तरिका रहेछ चिनियाँहरूको । क्षमतावान् युवाहरू देख्नेबित्तिकै दुस्मन सम्झेर लखेट्न थाल्ने चेतना बोकेका नेपाली कम्युनिस्ट नेताहरूले पनि यस्तो व्यावहारिक प्रयोगबाट युवाहरू परिचालन गरेर उनीहरूमा आत्मविश्वास जगाउँदै नेतृत्व विकास गर्न र उत्तराधिकारी जन्माउन सहज होला कि जस्तो लाग्यो मलाई । यस्तो पाठ के सिक्लान् र हाम्रा महान् कमरेडहरूले ? म मनमनै सोचिरहेको थिएँ ।

म बसमा उनै युवतीसँग गफ गर्दै थियौँ । निक्कै चञ्चले स्वभावकी गोरी भोटिनी भन्दै थिइन्, म कलेज पढ्दैछु । अङ्ग्रेजी शिक्षक बन्ने मेरो सपना छ । उनीसँग लामै भलाकुसारी भयो यात्रा अवधिभर । उनी भन्दै थिइन्, तपाईंहरू चीन आउनुभयो र त हामीले पनि भ्रमण गर्ने अवसर पायौँ । उनी पनि पहिलोपटक यो स्थानको यात्रामा रहिछिन् । सुन्दर कुन्मिङ सहरको यात्रालाई यतै बिट मार्दै साँझको खानँसँगै हामी बासस्थानतिर लाग्याँै ।

रातो खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :