अखिल (क्रान्तिकारी)कैलालीको २१औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पदम काफ्ले


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले असोज २ गते जनसंविधान घोषणा गरेको दिनलाई अवसर पारेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली ब्युरोअन्तर्गत कैलाली जिल्लाको २१औं जिल्ला सम्मेलन सानदार रूपमा सम्पन्न भएको छ । कैलालीको गौरी गंगा नगरपालिकाको बालुवा खोलामा बिहीबार पदम काफ्लेको नेतृत्वमा २५ जनाको जिल्ला कमिटी गठन भएको जनाइएको छ । भेलामा प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाल रहेका थिए भने अतिथिमा अखिल (क्रान्तिकारी)की केन्द्रीय सचिव सन्तोषी भट्टराई, कैलाली जिल्ला इन्चार्ज विवेक, जिल्ला सेक्रेटरी प्रकाश मल्ललगायतको उपस्थिति रहेको थियो ।

२०७६ असोज ३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :