प्रभातलगायत सम्पूर्णलाई तत्काल विनासर्त स–सम्मान रिहा गर–मानव


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाले जिल्ला कमिटी सदस्य तथा त्रिवेणी गाउँ कमिटी इन्चार्ज खिमराज पुन ‘प्रभात’लाई उपचारको शिलशिलामा दाङ गएको बेला बुधबार बेलुका दलाल सामाजिक फासिवादी केपी एण्ड बादल कम्पनीका गृह प्रशासनले तुल्सीपुरमा विनाकारण गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गरेको छ । रोल्पा जिल्ला सेक्रेटरी मानवले बिहीबार प्रेस विज्ञप्ति निकाली उपचारमा रहेका प्रभातलाई दलाल सत्ताका पालित–पोसित सिआइडी सुराकीले गिरफ्तार गर्न लगाएकोमा यस्ता हर्कत रोक्न जोडदार माग गरेका छन् र सम्पूर्ण साथीहरुलाई विनासर्त स–सम्मान रिहाई नगरे उत्पन्न परिस्थितिको सामना दलाल सत्ता र सम्बन्धित पक्षले नै व्यहोर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

रोल्पा जिल्ला सेक्रेटरी मानवले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली श्रमजीवि जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिवेला जनताको मुक्तिकोलागि निरन्तर संघर्षमा अगाडि बढिरहेको छ । दलाल सामाजिक फासिवादी केपी एण्ड बादल कम्पनीले देशैभरी भीषण दमन चलाइरहेका छन्, जनतालाई आतंकित बनाउँदै धरपकड, गिरफ्तार, दमन र हत्यासम्मको गतिविधि बढाइरहेका छन् । यो दलाल सत्ताले जनतालाई न्याय दिन कहिल्यै पनि सोचेन बरु त्यसको अलवा महंगी, भ्रष्टचार, राष्ट्रघात, अशान्ति, गरिवी, चर्को कर, राष्ट्रिय सम्पत्तिमाथिको लुटपात मच्चाइरहेको छ । सामाजिक फासिवादको विकल्प अव वैज्ञानिक समाजवाद नै हो, भन्ने बहस समाजमा स्थापित भएर गएको हुँदा गिरफ्तार र दमनचक्रको हर्कत राज्य गर्दै गइरहेको छ ।’

सेक्रेटरी मानवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यसै सन्दर्भमा हाम्रो पार्टीका जिल्ला कमिटी सदस्य तथा त्रिवेणी गाउँ कमिटी इन्चार्ज खिमराज पुन ‘प्रभात’लाई उपचारको शिलशिलामा दाङ गएको बेला २०७६ असोज १ गते बेलुका तुल्सीपुरमा विनाकारण गिरफ्तार गरेको छ । दलाल सत्ताका पालित–पोसित सिआइडी सुराकीलाई यस्ता हर्कत रोक्न हाम्रो पार्टी जोडदार माग गर्दछ र कमरेड प्रभातलगायत सम्पूर्ण साथीहरुलाई विनासर्त स–सम्मान रिहाई गरियोस् यदि सुनुवाई नगरी रिहाई नगरिए यसबाट उत्पन्न परिस्थितिको सामना दलाल सत्ता र सम्बन्धित पक्षले नै व्यहोर्नु पर्नेछ ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ असोज ३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :