प्रतिबन्धका बावजुद सङ्गठन विस्तार गर्दै सम्पर्क मञ्च

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट गणतान्त्रिक सम्पर्क मञ्चले सरकारी दमन र प्रतिबन्धका बावजुद पनि सङ्गठन निर्माणको कामलाई तीव्रता दिएको बताएको छ । अहिलेसम्म विभिन्न ४५ जिल्लामा सङ्गठन विस्तार र निर्माण गर्दै आगाडि बढेको सम्पर्क मञ्चले जनाएको छ ।

यसैविच इलाम काठमाडौ सम्पर्क मञ्चको भेला सम्पन्न भएको छ । भेलामा मन्चका अध्यक्ष रत्न मगर उपस्थित थिए । यस्तै खेम प्रधानको अध्यक्षतामा काठमाडौं–खोटाङ्ग सम्पर्क समिति गठन भएको छ भने सुर्खेत सोलुको भेला गर्ने तयारी रहेको मञ्चको भनाइ छ । अन्य भेला भएका जिल्लाहरुमा बैठक बस्ने क्रम चलिरहेको बताइएको छ ।

देशका सबै जिल्लाहरुका भेला सम्मेलन सम्पन्न गरेपछि राष्ट्रिय सम्मेलन गर्ने योजना रहेको मञ्चले जनाएको छ । मञ्चको अध्यक्ष रत्न मगरले गाउँ र शहरका जिल्ला जोड्ने र क्रान्तिलाई अगाडि बढाउने योजनामा देशैभरि भेला सम्मेलन गर्ने योजना रहेको बताए । भेला सम्मेलनका लागि सम्पर्क मञ्च अभियानात्मक ढंगले लागि परेको अध्यक्ष रत्न मगरले बताए ।

२०७६ असोज २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :