नेकपाका महोत्तरी सेक्रेटरी आले गिरफ्तार बिनाशर्त रिहा गर्न ब्युरो इन्चार्ज अरुणको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका जनकपुर ब्युरो सदस्य तथा महोत्तरी जिल्ला सेक्रेटरी भिम आले मगरलाई प्रहरीले गिरफ्तार गरेको छ । आफ्नै घरमा खाना खाइरहेको अवस्थामा बिहिबार गौशाला इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले गैरकानुनी तथा अमानवीय ढङ्गले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

नेकपाका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै असार ५ गते नेकपाका जनकपुर व्युरो सदस्य तथा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिई कायरतापूर्वक हत्या गरेको सरकारले आफ्नो पार्टीका महोत्तरी सेक्रेटरी भिम आलेलाई गिरफ्तार गरेको बताएका छन् । साथै इन्चार्ज अरुणले केपी–प्रचण्ड मण्डली सरकारले गैर राजनीतिक, गैरकानुनी र कायरतापूर्ण अमानवीय हर्कत गरेको भन्दै उक्त हर्कतको आफ्नो पार्टी घोर विरोध तथा भत्र्सना गर्ने बताएकाछन् । साथै उनले भिम आले लगायत गिरफ्तार गरिएका सम्पुर्ण नेताकार्यकर्ताहरुलाई विनाशर्त रिहाईको माग गरेका छन् ।

इन्चार्ज अरुणले आस्थाका आधारमा गिरफ्तार गरिएका भिम आले मगरलगायत झुट्टा अभियोग लगाई विभिन्न जेल र हिरासतमा राखिएका सम्पूर्ण नेताकार्यकर्ताहरु तत्काल र विनासर्त स–सम्मान रिहा गर्न आग्रह गर्दै अन्यथा त्यसका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैं हुनुपर्ने चेतावनी पनि दिएका छन् ।

२०७६ असोज २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :