बैतडी जिल्लाद्वारा विक्रमलाई पार्टीबाट निस्कासन


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली व्युरो अन्तरगत बैतडी जिल्लाले पार्टीको नीति विपरीत बहु विवाह र आर्थिक अनियमितता गरेकोले जिल्ला सदस्य लोकेन्द्र राना ‘विक्रम’लाई निलम्बन गरेको छ । बैतडी जिल्ला सेक्रेटरी विवेकले शनिबार प्रेस विज्ञप्ति निकाली बहु विवाह तथा आर्थिक अनियमितता गरी अनुशासन विरोधी भूमिका खेलिरहेका विक्रमलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बन गरेका छन् ।

बैतडी जिल्ला सेक्रेटरी विवेकले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति बैतडीका जिल्ला सदस्य कमरेड लोकेन्द्र राना ‘विक्रम’ले पार्टी नीति विपरीत बहुविवाह गरेको र आर्थिक रुपमा पनि केही अनियमितता देखिन गएकोले मिति २०७६ भदौं २७ गतेको जिल्ला वैठकले प्रमाणित नहुन्जेलसम्म निलम्बन मात्रै गरेको थियो र आज बहु विवाह गरेको, आर्थिक अनियमितता गरेको, पार्टीको विचारप्रति विचलित भएको प्रमाणित हुन गएकोले हालै बसेको जिल्ला कमिटीको निर्णय अनुसार लोकेन्द्र राना ‘विक्रम’लाई आजको मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको छ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ भदौ ३१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :