अखिल (क्रान्तिकारी)द्वारा सचिव वाग्लेलाई ध्यानाकर्षण पत्र


काठमाडौं : प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी), सानोठिमी भक्तपुरले मापदण्ड बिपरीत विद्यार्थीहरुबाट शुल्क असुलेको भन्दै अखिल (क्रान्तिकारी) सिटिईभिटी क्षेत्रीय समन्वय समितिले सिटिईभिटीका सदस्य सचिव पुष्प रमन वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

संयोजक सुनिल बन्जाडेद्वारा जारी ध्यानाकर्षण पत्रमा प्राविधिक शिक्षामार्फत राज्यलाई आवश्यक जनशक्ति उत्पादन गर्ने अतभखत राज्यका जिम्मेवार निकायहरुको गैरजिम्मेवारी, लाचारी र भ्रष्ट मानसिकताले शैक्षिक माफियाको केन्द्र बिन्दु भएको आरोप लगाउदै सिटिईभिटी सबै जनताको पहुँचमा हुनुपर्नेमा केही अमुक वर्गको बन्दै गएकोप्रति खेद व्यक्त गरेका छन् । पछिल्लो बर्षहरुमा शैक्षिक सत्रको सुरुवात सँगसँगै सिटिईभिटीबाट सम्वन्धन प्राप्त कलेजहरुले मनोमानी ढंगले मापदण्ड बिपरीत शुल्क बृद्धिगरी आम गरिबका छोराछोरीहरुलाई दिनदहाडै लुटपाट गरिरहँदा समेत अतभखत प्रशासन निरीह र निकम्मा बन्नुले गम्भीर बनाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सिटिइभिटीबाट सम्बन्धन प्राप्त कलेजहरुले विधार्थीहरुबाट मापदण्ड बिपरीत असुलेको शुल्क तुरुन्त फिर्ता गर्न चेतावनी दिंदै अन्यथा भ्रष्ट शैक्षिक माफियाहरुलाई बढार्ने चेतावनी समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ । पछिल्लो समय सिटिईभिटीद्वारा सम्बन्धन प्राप्त कलेजहरुले मनोमानी ढंगबाट शुल्क असुल गरिहेका छन् । विज्ञप्तिसहित..

२०७६ भदौ ३१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :