जोशी र रावललाई तत्काल विनासर्त रिहा गर –लुहार


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भेरी–कार्णाली क्षेत्रीय समन्वय समितिले ‘कम्युनिस्ट विद्यार्थी अभियान–२’ अन्तरगत शैक्षिक क्षेत्रको सुधार र शैक्षिक नीजिकरण, व्यपारीकरण दलालीकरणको विरोध गरिरहँदा संगठनका बर्दिया जिल्ला अध्यक्ष लोकेशराज जोशी र हुम्ला जिल्ला संयोजक उपेन्द्र रावललाई केपी–बादल गृह प्रशासनले विनाकारण गिरफ्तार गरेको घटनाको घोर भत्र्सना गरेको छ । संयोजक विरेन्द्र लुहारले सोमबार विज्ञप्ति निकाली गिरफ्तार परेका जोशी र रावललाई तुरुन्त स–सम्मान विनासर्त रिहाई नगरे कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

भेरी–कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र लुहारले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) अहिले देश व्यापीरुपमा ‘कम्युनिस्ट विद्यार्थी अभियान–२’को दौरानमा शैक्षिक क्षेत्रको सुधार र शैक्षिक नीजिकरण, व्यपारीकरण दलालीकरणको विरुद्धमा संघर्षरत छ । यहि क्रममा हाम्रो संगठनका बर्दिया जिल्ला अध्यक्ष लोकेशराज जोशी यहि मिति २०७६ भदौं २६ गते संगठनको कामकोे सिलसिलामा विनाकारण गिरफ्तार हुनु भएको छ । यस्तै संगठनका हुम्ला जिल्ला संयोजक उपेन्द्र रावललाई विनाकारण सदरमुकामबाट गिरफ्तार गरेको घटनाको घोर भत्र्सना गर्दछौं ।’

संयोजक लुहारले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘कम्युनिस्ट सरकारले शैक्षिक क्षेत्रको सुधारकोलागि शान्तिपूर्ण गतिविधिध गरिरहेका कम्युनिस्ट विद्यार्थी नेताहरुलाई गिरफ्तार गर्ने विषय लज्जास्पद हो यसर्थ गिरफ्तार विद्यार्थी नेताहरुलाई स–सम्मान विनासर्त रिहाई नगरे कडा संघर्ष गर्ने चेतावनी दिन चाहान्छौं ।’

२०७६ भदौ ३१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :