माओवादी थवाङतिर

CPN-UML-flagविप्लव नेतृत्वले पार्टीको नाम परिवर्तनगरी नेकपा (माओवादी ) राख्ने निर्णय गरेको छ । भदौ ११ देखि १४ सम्म धादिङमा सम्पन्न केन्द्रिय समितिको बैठकले आगामी आठौँ महाधिवेशन फागुन १ देखि ७ गतेसम्म सम्पन्न गर्ने निर्णय समेत सो बैठकले गरेको छ ।गाउँ र सहरलाई उत्तिकै महत्व दिने, दुवैलाई जोड्ने कार्यदिशा अर्थात एकीकृत जनक्रान्तिको कार्यदशाको सारतत्व झल्कने गरी फागुन १ गते काठमाडौंमा उद्घाटन समारोह र बन्दसत्र भने त्यसपछि आधार इलाकाको राजधानी भनी स्थापित रोल्पाको दुर्गम, हिमाली गाउँ थवाङमा गरिनेछ । जनयुद्धको विरासतको प्रतिनिधित्व गर्न पनि थवाङमा बन्दसत्र गर्न लागेको माओवादी सूत्रको दावी छ ।

यसअघि पार्टीले चलाउँदै आएको आर्थिक अभियान समापन भएको घोषणासमेत गरिएको छ । माओवादीद्वारा जारी भदौ २० को प्रेस विज्ञप्तिको राजनीतिक निर्णयमा भनिएको छ – “भर्खरै नेकपा माओवादी र  कम्युनिस्ट न्युक्लियस नेपालबीच एकता तथा माके र क्रान्तिकारी माओवादीबाट विद्रोह गर्नुभएका कमरेडहरू सहितको धु्रवीकरण र एकीकरणले नेपालको  क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा नयाँ आयाम थपेको निष्कर्ष निकालियो । साथै, प्रतिक्रियावादी संसदीय व्यवस्थालाई अन्त्य गर्न र नेपाली क्रान्तिलाई पूरा गर्न अलग थलग रहेका क्रान्तिकारी पार्टी, नेता र कार्यकर्ताहरूलाई व्यापक रूपले
उच्च सम्मानका साथ धु्रवीकृत तथा एकीकृत हुन आग्रह र अनुरोध गर्ने निर्णय लिइयो ।
संसद्वादी दलालहरूले जनचाहना विपरीत सत्ता कब्जा गरेर संसदीय व्यवस्था संचालन गर्ने मूर्खता गरिरहेको स्थितिमा
त्यसको पूर्णरूपले अस्वीकार र प्रतिरोध गर्दै जनयुद्धको बलमा  संगठित जनसत्ताहरूलाई पुनर्गठन गर्ने प्रकृयालाई तीव्रता दिने
निर्णय लिइएको छ । त्यसैगरी, प्रतिक्रियावादी संसदीय सत्ताका विरुद्धको सङ्घर्षमा सक्रिय सबै क्रान्तिकारी, देशभक्त, प्रगतिशील, सच्चालोकतन्त्रवादी शक्तिहरूसँग संयुक्त मोर्चा निमार्ण गर्ने निर्णय लिइएको छ । यसका साथै, सहमति भएमा जनसत्ता संचालनमा समेत सहकार्य गर्न सबैमा अनुरोध गर्ने निर्णय लिइएको छ ।” त्यसैगरी, विज्ञप्तिको संगठन सम्बन्धी निर्णयमा भनिएको छ – “क्रान्तिकारी कम्युनिस्ट आन्दोलन विशेषतः माओवादी आन्दोलनको इतिहासको रक्षा र विकास गर्न, क्रान्तिकारी पार्टीहरू र नेताहरूको धु्रवीकरण र एकीकरणको भाव व्यक्त गर्नुका साथै, क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने
सारलाई रूपमा अभिव्यक्त गर्न पार्टीको नाम नेपाल  कम्युनिस्ट पार्टी (माओवादी) अर्थात कोष्ठभित्र माओवादी राख्ने निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ ।
विश्व राजनीतिक परिवेश एवं नेपाली राजनीतिक स्थितिको विशिष्टता र आवश्यकतामाथि ध्यान दिदै पार्टीले आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । विश्व राजनीतिक परिघटनाहरू, विश्व  कम्युनिस्ट आन्दोलनको स्थिति, नेपाली क्रान्तिको
सवालसंग सम्बन्धित विचारधारात्मक, राजनीतिक, संगठनात्मक र सङ्घर्ष सम्बन्धी विषयहरूको संश्लेषण अनिवार्य भएको निष्कर्षसहित क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा बढ्दै गएको धु्रवीकरण, पार्टीको संस्थागत मान्यता स्थापना, नेतृत्वको विकास र क्रान्तिको भावीदिशाका सन्दर्भमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ । आठौं महाधिवेशन आउँदो फागुन १ देखि ७ गतेसम्म चल्नेछ । आठौं महाधिवेशनको उद्घाटन काठमाडौंको खुल्ला मंचमा भव्य जनसहभागितासहित गरिनेछ भने
बन्दसत्र आधारइलाकाको थवाङमा सम्पन्न गरिनेछ । महाधिवेशन अगाडि मंसिरसम्म गाउँ, नगरभेला÷सम्मेलनहरू र पुसमा जिल्ला भेला  सम्मेलनहरू सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :