सुकुम्वासी उम्मेदवार बनाइएन : ओम प्रकाश पुन

om prakash pun

अम्बिका चन्द/काठमाडौं, असार १०ः अखिल नेपाल सुकुम्वासी संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनले भूमिहिन सुकुम्वासी वर्गका कुनै पनि प्रतिनिधि नभएर ठेकेदार, व्यापारी, पैसावाला, दलाल र पहुँचवाला मात्रै स्थानीय चुनावका उम्मेदवार बनेकोले सुकुम्वासीका समस्या समाधान नहुने बताउनु भएकोे छ ।

विकास र सुन्दर शहरका नाममा ठूला दल र पहुँचवालाहरुले शहर, बजार, जंगलछेउ र खोलाकिनारमा रहेका सुकुम्वासी बस्तीहरुमा उठीवास गराउने एजेण्डा अघि सारेकोले मतदान बहिस्कार गर्न पुनले अपिल गर्नु भएकोे छ ।

संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनद्वारा शनिबार जारी अपिलमा ‘‘पूर्वको धरान उपमहानपामा दलाल पार्टीका कार्यकर्ताले सुकुम्वासीहरुलाई नक्कली लालपूर्जा वितरण गरेको र पश्चिमको धनगढि उपमहानपा अन्तर्गत रहेका सुकुम्वासीहरुलाई लालपुर्जाको कुरा गर्दा दलहरुले धम्क्याएको’’ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :