प्रिमियर वायर फेक्ट्रीमा बम बिस्फोट


काठमाडौं : मोरङ्ग जिल्ला स्थित बुढीगङ्गा ४ निनुवामा रहेको प्रिमियर वायर फेक्ट्रीमा  बिहीबार मध्यराती बम बिस्फोट भएको छ । फेक्ट्रीको पछाडि पटिको गेटमा बिस्फोट गराइएको कारण गेटमा क्षति पुगेको समाचार प्राप्त भएको छ ।

श्री निवास सारडा र पवन सारडाद्वारा सञ्चालित उक्त फेक्ट्रीले कर छली गरेको, श्रम ऐन अन्तर्गत मजदुरलाई तलब नदिएको र भारतीय पक्षको स्वार्थमा काम गर्ने गरी गतिविधि गरेको चर्चा र गुनासो जनस्तरबाट बढिरहेको बेला भएको बिस्फोट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुनसक्ने अनुमान गरिएको छ । श्रोतका अनुसार यो बम बिस्फोट चेतावनी स्वरुप गराइएको हुन सक्ने अनुमान गरिएको छ ।  बिहीबार मध्यराती सोही समयमा सुनसरिका दुई स्थानमा पनि बम बिस्फोट गराइएको थियो ।  

२०७६ भदौ २० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :