बसको ठक्करबाट स्कुटर चालकको मृत्यु


काठमाडौं : पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२१ स्थित सडकमा ना ४ ख ३६३३ नम्बरको बसले ना ६२ प ५१३० नम्बरको स्कुटरलाई शुक्रबार बिहान ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक मकवानपुर चुरियामाई गाउँपालिका–३ रातमाटे बस्ने ४० वर्षीय बीरबहादुर पाख्रिनको बयोधा अस्पताल गण्डक वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुवै सवारी साधनलाई नियन्त्रणमा लिई फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ र त्यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०७६ भदौ २० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :