भारतीय नामबाट सञ्चालित दिल्ली पब्लिक स्कुल र सुस्मा गोदावरी कलेजमा शक्तिशाली बम प्रहार

सुनसरी : धरान स्थित दिल्ली पब्लिक स्कुल र इटहरी स्थित सुस्मा गोदावरी कलेजमो बिहीबार मध्यराती शक्तिशाली बम प्रहार भएको छ । नेपालभित्र सञ्चालनमा रहेका शिक्षण संस्थाहरुको नेपाली नाम हुनु पर्ने बिगतदेखिकै आवाज र सरकारी नीति विपरीत भारतीय दादागिरीमा स्कुल सञ्चालन गरेको आरोप लागेको दिल्ली पब्लिक स्कुलमा उक्त कारबाही भएको हुनसक्ने अनुमान गरिएको छ ।

भारतीय लगानी रहेको र त्यहा कार्यरत कर्मचारीहरुसमेत प्राय भारतीयहरु नै भएको बिषयप्रति खबरदारी भईरहे पनि दिल्ली पब्लिकले बल मिचाइ गरिरहेको थियो, राष्ट्रियताकै बिरुद्ध देखिने उक्त स्कुल बिरुद्ध बिहीबार मध्यराती बम प्रहार भएकोले सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीले गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै सुनसरीकै इटहरी उपमहानगरपालिका स्थित सुस्मा गोदावरी कलेजमा पनि सोही समयमा शक्तिशाली बम प्रहार भएको समाचार प्राप्त भएको छ । अत्यन्तै महंगो शुल्क लिएर विद्यार्थी र अभिभावकको ढाड सेक्ने काम गरेको र शैक्षिक माफियाको आरोप लागिरहेको सुस्मा गोदावरीमा भएको बम प्रहारमा पनि नेकपाकै संम्लग्नता रहेको हुन सक्ने प्रहरीको अनुमान छ । सुनसरीमा कडा सुरक्षा भएका स्थानमा एकसाथ बिस्फोट हुनुले सुरक्षालाई चुनौती थपिएको छ । यी दुवै विद्यालयमा भारतीय पाठ्यक्रम पढाइँ हुँदै आएको थियो ।

२०७६ भदौ २० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :