एनसेल फैसला विरुद्ध राजधानीलगायत देशभरी मसाल जुलुस प्रदर्शन

काठमाडौं : सरकारले प्रतिबन्धित गरेको नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र झापा जिल्लालगायत देशैभरीबाट एनसेलको लुटको विरुद्ध मशाल जुलुस प्रदर्शन गरेका छन् ।

अखिल (क्रान्तिकारी) काठमाडौ क्याम्पस जिल्ला समिति र त्रिबि जिल्ला समितिले संयुक्त रुपमा मसाल जुलुस प्रदर्शन गरेको स्रोतले जनाएको छ । क्रान्तिकारीका नेता तथा क्याम्पस जिल्ला अध्यक्ष उषा किरण ‘आजाद’को नेतृत्वमा उक्त मशाल जुलुस भएको क्रान्तिकारी स्रोतले जनाएको छ ।

राजधानी काठमाडौको कडा सुरक्षा ब्यवस्थालाई पत्तोसम्म नहुने गरि छापामार शैलीमा निकालिएको मसला जुलुसमा एनसेल बिरोधी नारा लगाएका थिए भने सरकारप्रति आर्कोश अभिव्यक्त गरेका थिए । एनसेलले अरबौ कर छली गरेको र त्यसलाई अदालतले बैधानिकता दिएको भन्दै नेकपाले बिरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।

त्यसैगरी, एनसेललाई कर नतिर्न न्यायधिसले फैसला गरेको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार साँझ झापाका ७ शहरमा मसाल जुलुस प्रदर्शन गरेको छ । पार्टीको घोषित कार्यक्रम अन्तर्गत बिर्तामोड, कनकाई, हल्दिवारी, बुद्वशान्ति, शिबसताक्षी, गौरादह र दमकमा मसाल जुलुस प्रदर्शन गरेको जिल्ला सेक्रेटरी मनिसले जानकारी दिए ।

एनसेललाई कर नतिर्न फैसला गर्ने न्यायधिस बिरुद्व मसाल जुलुस प्रदर्शन गरिएको उनले बताए । कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीयको सहभागिता रहेको दावी उनको छ । जनताले यस्तै साथ दिए एनसेललाई गाउँगाउँबाट लखेट्ने चेतावनी पनि उनले दिएका छन् । यस अघि पनि सो पार्टीले झापामा एनसेलको ४ वटा टावरमा आगजनीसमेत गरेको थियो ।

पार्टीको कार्यक्रम सफल पार्नका लागि देशभर मसाल जुलुश निकालेको जनाएको छ । बिहीबार साँझ नेकपाले उपत्यकालगायत देशैभरी मसाल जुलुस निकालेका थिए ।

२०७६ भदौ २० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :