आणविक विकिरण खतराको संघारमा नेपाल/सरकार किन बोल्दैन ?

war-648835काठमाडौं/असार १०ः छिमेकी देशहरु भारत र बंगलादेशका आणविक भट्टीका कारण नेपाल आणविक विकिरण जोखिमको संघारमा धकेलिएको छ । भारतले उसको उत्तरप्रदेश अन्तरगत बुलन्द शहरमा आणविक भट्टी स्थापना गर्ने भएको छ । सो स्थान महेन्द्रनगरबाट जम्मा १५० किमि दुरीमा पर्दछ । त्यसैगरी काकडभिट्टाबाट २५० किमि दुरीमा बंगाला देशले पद्मा नदी किरनारमा आणविक भट्टी स्थापना गर्र्दैछ । सन् १९८८ मा सोभियत संघको चेर्नोबिल आणविक भट्टी विष्फोट हुँदा नेपालसम्म विकिरण भाएको भनी रसियाको पाउडर दुधसहित खाद्यप्रदार्थ आयात रोक्न आवाज उठेको थियो ।

Nuclear-Powers-in-the-World

यसअघि नेपालबाट ९५० किमि टाढा पाकिस्तानले आणविक केन्द्र निमार्ण गर्दा नेपाललाई खतरा रहेको टिप्पणी थियो । हाम्रो नाकै सामु स्थापना हुने आणविक भट्टीको फाइदा छिमेकीले लिने खतरा र सम्भावित क्षती नेपालले भोग्नु पर्ने आवस्था हुँदा पनि सरकार लाछी बनेर मौन बसिरहेको छ । बंगालादेशको आणविक केन्द्र विष्फोट भएमा मनसुनसमेत विकिरणयुक्त भै भयावहक स्थिति पैदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :