आधारभूत बैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी पूर्वी केन्द्रीय कमाण्ड स्तरिय युवाहरुलाई बैचारिक राजनैतिक प्रशिक्षण शिविर २०७६ श्रावण २६ गते देखि ३० गतेसम्म जनकपुर ब्युरोमा संचालन भयो । उक्त आधारभूत राजनैतिक तथा वैचारिक प्रशिक्षण शिविरको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज विषमले “युवाहरुलाई माक्र्सवादका आधारभूत विषयको ज्ञानले समाज रुपान्तरणको लागि निकै योगदान पुर्याउँदछ । विचारधारात्मक काम निकै पछाडि परेको बेला यस प्रकारको स्कुलिङले महत्वपूर्ण भूमिका खेलदछ ।” सो अवसरमा वहाँले थप भन्नुभयो– “राज्य पुरै फासिवादी तरिकाले जनता र उसको प्रतिनिधिमाथि दमन गर्न उत्रिएको छ । हामी एकीकृत जनक्रान्तिको मौलिक तरिकाबाट त्यसको प्रतिरोध गर्दै जाने छौं ।” उक्त उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु सन्देश, निर्मल र देवनारायणले आधारभूत प्रशिक्षण कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । सो अवसरमा केन्द्रीय स्कुलिङ विभागका प्रमुख ध्रुव र सदस्य गतिले स्कुलिङको महत्वबारे प्रस्ट पार्नुभएको थियो । जोखिमको अध्यक्षतामा सञ्चालित उक्त उद्घाटन कार्यक्रमको संचालन राकेस र स्वागत दीपकले गर्नुभएको थियो ।

उक्त आधारभूत राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रममा राजनैतिक अर्थशास्त्रका बारेमा ध्रुव, बैज्ञानिक समाजवादको विषयमा गति, दर्शन शास्त्रको विषयमा विजेता र सैन्य विज्ञानका विषयमा सरलले प्रशिक्षण गर्नुभएको थियो भने सचिवालय सदस्य तथा उक्त कार्यक्रमका प्रमुख अतिथि विषमले एकीकृत जनक्रान्तिको कार्यदिशाका बारेमा र विज्ञान प्रविधिका बारेमा के.स. सन्देश पौडेलले प्रशिक्षण दिनुभएको थियो । ६० जना युवाहरुको सहभागितामा संचालित उक्त ५ दिने शिविरमा स्थानीय जनसमुदायले महत्वपूर्ण सहयोग गरेका थिए । निकै उपलब्धीपूर्ण भएको उक्त स्कुलिङको समापनमा रेखा, संग्राम, उमेश र गोपालले स्कुलिङको अनुभूति मन्तव्य राख्नुभएको थियो भने विभागका प्रमुख ध्रुव र सदस्य विजेताले संस्लेषण मन्तव्य राख्नुभएको थियो ।

२०७६ भदौ १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :