सिमित व्यक्ति सत्तामा पुग्नु मात्रै क्रान्ति होइन : डा.केसी

काठमाडौँ  : वाम राजनीतिक विश्लेषक तथा डा. सुरेन्द्र केसीले केही नेताहरु सांसद, मन्त्री तथा प्रधानमन्त्री बन्नु मात्रै क्रान्ति पुरा भएको भन्नु गलत भएको बताएका छन् । काठमाडौं, संवाद चौतारीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. केसीले आफुले निरन्तर सरकारका गलत कामका बिरुद्ध आवाज उठाएकै कारण प्रतिगामी भनिएको भन्दै आपत्ति जनाए । 

उनले भने, ‘हिजो माओवादी नेताहरुको टाउकाको मुल्य तोक्दा म र डा. सुन्दरमणी दीक्षितले विरोध गर्दा आतंककारीको आरोप लगाइयो । आज पनि वाइडबडी, मेलम्ची खानेपानी, बालुवाटार जग्गाकाण्ड र निर्मला हत्याकाण्डजस्ता बिषयमा कुरा उठाउँदा प्रतिगामीको आरोप लगाउनु गलत भएको’ बताए ।

डा. केसीले ओली सरकारले जनताको पक्षमा कुनै पनि गतिलो काम गर्न नसकेको, हिजो पञ्चायतकालको भन्दा सयौँ गुणा भ्रष्टाचार बढेको, चरम बेरोजगारी बढेको बताए । त्यस्तै आफु र डा. दीक्षितले प्रधानमन्त्री ओलीलाई भेटेर विप्लव नेतृत्वको नेकपालाई शान्तिपुर्ण राजनीतिमा ल्याउन सुझाव दिएको र जवाफमा प्रधानमन्त्री ओलीले नेकपाका कुनै पनि ठूला नेताहरुलाई पक्राउ नगर्ने बताएपनि धमाधम धरपकड र मानिसहरु मर्ने क्रम बढेको डा. केसीले बताए ।

२०७६ भदौ १४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :