सुर्खेतकाे हर्रेमोडमा बस दुर्घटना हुँदा ३ को मृत्यु, २७ घाइते


काठमाडौं : जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे तीन बजे आज बिहान रत्न राजमार्ग अन्तरगत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २७ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतक मध्ये दुई महिला र एक पुरुष छन् ।

घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनसक्ने प्रहरीको अनुमान छ ।

२०७६ भदौ ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :