अखिल (क्रान्तिकारी)द्वारा सचेतनापत्र वितरण


कैलाली : अखिल (क्रान्तिकारी) कैलालीले यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको माग गर्दै सुदूरपश्चिमको मुटु मानिने धनगढी बस्पार्कलगायत अत्तरिया, लम्की, टीकापुर बसपार्कमा कालो ब्यानर राखेर सचेतनापत्र वितरण गरेको छ । पछिल्लो समय यातायातमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत छूट विभिन्न बहानामा रोकिएकाले यो कदम चाल्नुपरेको अखिल (क्रान्तिकारी) कैलालीले जनाएको छ । सङ्गठनको केन्द्रीय कार्यक्रम ‘कम्युनिस्ट विद्यार्थी अभियान २’ देशैभरि घनीभूत तरिकाले चलिरहेको बेला अखिल (क्रान्तिकारी) कैलालीले दसैँ तिहारको मुखैमा विद्यार्थीहरु विभिन्न बहानामा लुटिने र कठिन यात्रा गर्न बाध्य हुने भएकाले समयमै सम्बन्धित निकायको ध्यानाकर्षणका लागि अपिल पनि गरेको छ । यो सरकार दलाल, भ्रष्टाचारी, बलात्कारी, शैक्षिक माफिया र कालोबजारीको पक्षपोषक भएकाले आफूहरु विद्यार्थीको हकअधिकारका लागि निरन्तर सङ्घर्ष गर्दै आएको सङ्गठनले जनाएको छ । तत्काल यो निर्णय कार्यान्वयन नगरे कडा सङ्घर्ष गर्न बाध्य हुने पनि उक्त सङ्गठनले जनाएको छ ।

‘कम्युनिस्ट विद्यार्थी अभियान २’ कै क्रममा अखिल (क्रान्तिकारी) कैलालीले केही दिन अगाडि महान् सहिद प्रज्वलको स्मृतिमा वृक्षरोपणसमेत गरेको थियो । सचेतना पत्र …

२०७६ भदौ ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :