उपराष्ट्रपति पुनको गाउँमा बम विस्फोट


रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा आइतबार राति साढे १२ बजे बम विस्फोट र आगजनी गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको घर रहेको राङ्सीको वडा कार्यालयमा बम विस्फोट र आगजनी भएको हो । बम विस्फोट र आगजनीबाट कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनाको सूचना पाएपछि इरिबाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना कसले र किन गराएको भन्नेबारेमा केही बताइएको छैन ।

२०७६ भदौ १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :