नेकपा निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरद्वारा विद्यार्थी सहुलियत भाडा कार्यान्वयनको माग


कञ्चनपुर : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्लाले सरकारले यातायात क्षेत्रमा दिएको ४५ प्रतिशत छुटको भाडा सहुलियत व्यवस्था अनुसार सम्पूर्ण यातायात समिति तथा कम्पनीले कार्यान्वयन गनुपर्ने माग अघि सारेको छ । विद्यार्थी सहुलियत तत्काल कार्यान्वयन नगरे जनकारबाहीको चेतावनीसमेत दिएका छन् ।

अखिल (क्रान्तिकारी) कञ्चनपुरले महेन्द्रनगर बसपार्कमा ‘विद्यार्थीहरुलाई यातायात भाडादरमा ४५ प्रतिशत सहुलियत लागु गर’ भन्दै ब्यानर लगाएका छन् । क्रान्तिकारीले महेन्द्रनगरदेखि लामो तथा छोटो दुरीमा विद्यार्थीबाट पुरै भाडा अशुल भईरहेकाले सरकारद्वारा दिएको सुविधा व्यवहारिक कार्यान्वयनको लागि यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

२०७६ भदौ १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :