तिलागुफा नगरपालिकाको छाप्रेमा भीषण पहिरो : दुई घर पुरिए, २५ जोखिममा


कालिकोट : तिलागुफा नगरपालिका –७ छाप्रेका वडा नं. ६, ७ र ८ का तीन वटा बस्तीहरुमा भीषण पहिरोका कारण जोखिममा परेका छन् । गएराति अबिरल वर्षासँगै गाँउ माथिबाट पहिरो आएपिछ स्थानीय गाउँ छाडेर भागेका छन् ।

तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले पहिरोका कारण छाप्रे, डाँडको बस्ती बिस्थापित भएको जानकारी दिए । उनले भने, ‘पहिरो अहिले पनि बगिरहेको छ । राति गाउँमा पहिरो पस्दा भागाभाग भयो । पहिरो पसेपनि मानवीय क्षति भने नभएको शाहीले बताए । डाँढ गाउँका दुई घरमा पहिरो पसेको छ । टाकुल्लाको दुई कोठे घर पुरिएको छ ।

पहिरोले कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडकखण्ड पनि अवरुद्ध भएको छ । कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन् । पहिरोग्रस्त क्षेत्रमा उद्दारकालागि तीन वटै सुरक्षा निकाय खटिएका छन् । छाप्रेका २५ घरहरु तत्काल विस्थापित हुने अवस्थामा छन् । जोखिममा रहेका परिवारको घरमा रहेको सामानहरु सुरक्षित ठाँउ तिर लिने कार्य भइरहेको छ ।

२०७६ भदौ १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :