चितवन जिल्ला बन्द सफल बनाउन सहयोग गर्ने सवैलाई नेकपाद्वारा धन्यवाद


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाका इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले आफ्नो पार्टीले भदौ ९ गते (सोमबार) आह्वान गरेको चितवन जिल्ला बन्दमा सहयोग र समर्थन गर्ने सबैपक्षलाई धन्यवाद दिएका छन् । सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै इन्चार्ज र सेक्रेटरीले आफ्नाे पार्टीले आह्वान गरेको चितवन जिल्ला बन्दमा सहयोग र समर्थन गर्नुहुने सम्पूर्ण उद्योगी, व्यवसायी, व्यापारी, शिक्षक, प्राध्यापक, कर्मचारी, मजदूर, नागरिक समाजलगायत सम्पूर्ण चितवन जिल्लावासी जनसमुदायलाई धन्यवाद दिएका छन् ।

जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले विज्ञप्तिमा भनेका छन्, ‘चितवन जिल्लाको राप्ती नगरपालिका ओहोलेवाङमा जनताको प्रत्यक्ष सहभागितामा सहिद स्मृति प्रतिक्षालयको निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा २०७६ साल भदौ ५ गते दलाल सामाजिक फासिवादी सरकारको निर्देशनमा केही एजेन्ट र घुस्याहा प्रहरी, कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आएको प्रहरी जत्थाले जनतालाई आतंकित पार्दै निर्माण भइरहेको प्रतिक्षालयलाई भत्काएर आगजनी गरेको विरुद्धमा आज चितवन जिल्ला बन्दको आह्वान गरिएको थियो । हाम्रो पार्टीले आह्वान गरेको चितवन बन्द भब्य रुपमा सफल भएको छ । बन्दमा सहयोग र समर्थन गर्नुहुने सम्पूर्ण उद्योगी, व्यवसायी, व्यापारी, शिक्षक, प्राध्यापक, कर्मचारी, मजदूर, नागरिक समाजलगायत सम्पूर्ण चितवन जिल्लावासी जनसमुदायमा हाम्रो पार्टी हार्दिक धन्यवाद व्यक्त गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ भदौ ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :