नेकपाका नेता पुस्करसहित चार जना सुनसरीबाट रिहा लगत्तै पुनः गिरफ्तार

जनसाँस्कृतिक महासंघका महासचिव थपलिया रिहा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन कोशी व्युरो संयाेजक घनश्याम श्रेष्ठ ‘पुस्कर’, मोरङ जिल्ला इन्चार्ज प्रज्वल, व्युरो सदस्य माधव गौतम र सुर्य खड्कालाई सुनसरी जिल्लाको झुम्का कारागारबाट चारैजनाबाट ५०/५० हजार धरौटीमा रिहा लगत्तै सामाजिक फासिवादी दलाल सरकारका गृह प्रशासनले पुनः गिरफ्तार गरी संखुवासभा लगिने तयारी गरेको समाचार प्राप्त भएको छ ।

ओखलढुंगा घर भएका श्रेष्ठ र काभ्रे घर भएका माधब गौतम गत चैत १० गते मोरङको कानेपोखरीबाट गिरफ्तार परेका थिए भने चैत १३ गते सुन्दर हरैचाबाट मोरङ जिल्ला इञ्चार्ज र चैत १२ गते इटहरीबाट सुनसरीका खड्का गिरफ्तार परेका थिए ।

यसैगरी अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव एवं वरिष्ठ लेखक खेम थपलिया भने रिहा भएका छन् । सर्वाेच्च अदालत न्यायधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलासको सोमबार दिएको आदेशमा थपलिया रिहा भएका हुन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले गत साउन ३ गते थपलियाको रिहाईका लागि सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

२०७६ भदौ ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :