बर्दियामा २ गिरफ्तार

3. devkala (2)अम्बिका चन्द/असार ९ः नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया जिल्ला सदस्य चन्द्रवीर विक र अर्का समर्थक खुमलाल गिरी रहेका छन् । शुक्रबार विहान घरमा बसिरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको नेकपा बर्दियाले जनाएको छ । बर्दिया सेक्रेटरी युद्धद्वारा जारी प्रेस विज्ञप्तिमा विनाकारण प्रहरीले आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै तुरुन्त रिहाइको माग गरिएको छ ।

साथै विज्ञप्तिमा पक्राउ पूर्जी विना नै आफ्ना नेता–कार्यकर्ताहरुलाई पक्राउ गर्ने र झुट्टा मुद्दा लगाउने गरेको भन्दै प्रशासनको उक्त हर्कतको भत्र्सना गर्दछौं भनिएको छ । स्मरणीय छ, बैशाख तेस्रो हप्ता पक्राउ गरिएका नेकपाका वर्दिया इन्चार्ज देवकला अधिकारीसहितका कार्यकर्ता अझै पनि हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :