जीवनको गिरफ्तारीमा कांग्रेसको संलग्नता

darchula mapअम्बिका चन्द/काठमाडौं, असार ९ः नेपाल कम्युनिस्ट पार्टी, महाकाली ब्युरो सदस्यएवं दार्चुला सेक्रेटरी रमेश नेपाली ‘जीवन’लाई काँग्रेसका ठेकेदारको सुराकीमा पक्राउ गरेको महाकाली ब्युुरोले जनाएको छ । नेकपा महाकाली इन्चार्ज असिनाले एक विज्ञप्ति जारी गर्दै बैतडीमा नेपाली कांग्रेसको तर्फबाट नगरपालिकाका मेयर पदका उम्मेदवार इन्द्रबहादुर ऐरले मजदुरको ज्यालाको विषयमा कुरा गर्नु छ भनी फोन गरेर बोलाई नेपालीलाई गिरफ्तार गर्न लगाएको बताउनु भएको छ ।
ठेकेदार तथा निर्माण व्यवसायीसमेत रहेका ऐरले कञ्चनपुर घर भएका नेपालीलाई असार ५ गते बैतडीको सतबाँझबाट गिरफ्तार गर्न लगाएको नेकपा महाकाली ब्युरोको दावी छ । साथै यस्तो तूच्छ र घृणित कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै विनाकारण पक्राउ गरिएको नेपालीको रिहाई नभए प्रतिरोधमा उत्रनेसमेत नेकपा महाकाली ब्युरोले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :