सडेका औषधी बेच्दै रामदेव

patanjali1काठमाडौं/असार ९: योग र धर्मको आडमा ठूलो बहुराष्ट्रिय निगम चलाउँदै आएका भारतीय ब्यापारी रामदेवको कर्तुत छताछुल्ल भएको छ । असार ७ गते औषधी बजारको अनुगमन, नियन्त्रण र कार्यन्वयन गराउने औषधी ब्यवस्था विभाग (DDA) ले रामदेवद्वारा विक्री गरिदै आएका ६ प्रकारका औषधीहरु प्रयोग गर्न नमिल्न, स्तरहीन भन्दै बजारबाट फिर्ता लग्न निर्देशन दिएको हो ।

patanjali

दिव्य फार्मेसी, उत्तराखण्डबाट उत्पादित भै पतञ्जली आयुर्वेद केन्द्रबाट विक्रीवितरण हुँदै आएका ६ प्रकारका औषधीहरु आवला चूर्ण, दिव्य गैसहर चूर्ण, बकुची चूर्ण, त्रिफला चूर्ण अश्वगन्धा चूर्ण र आदिव्य चूर्ण माइक्रोबियल परीक्षणमा गुणस्तरहीन प्रमाणित भएका थिए । डिडिएले ती औषधी प्रयोगका लागी विक्री नगर्न, सेवनका लागी सिफरिस नगर्न र आम उपभोक्तालाई उपयोग तथा प्रयोग नगर्न–नगराउन जानकारी गराएको छ ।

दुई साता अघि पनि डिडिएले सो कम्पनीलाई विलादी चूर्ण, अभिपत्तिकर चूर्ण फिर्ता लग्न निर्देशन दिएको थियो । पतञ्जलीका ती औषधीमा व्यक्टेरियाका मात्रा निर्धारित मात्रा भन्दा धेरै भएकाले प्राणघातक रहेका छन् । पतञ्जलीले ती सडेगलेका र अस्वास्थ्यकर औषधी बजारबाट फिर्ता लैजान अटेरी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :