चुनाव खारेजी अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरिने

prabhas india

अम्बिका चन्द/असार ९, काठमाडौंः असार १४ गते हुने भनिएको स्थानीय निकायको चुनाव खारेजी अभियानको औचित्यताको विषय अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसार गरिने भएको छ । प्रवासी नेपाली जनसमाज भारतको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । भारतको हरियानामा असार ३ गते सम्पन्न बैठकले दार्जिलिङमा चलिरहेको नेपालीभाषीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुका माग पूरा गराउँनको लागि भारत सरकारलाई दवाव दिने निर्णय पनि गरेको छ ।
नेकपाका राजनीति समिति (पिबी) सदस्य ओमप्रकाश पुन ‘निर्माण’ को विशेष उपस्थितिमा सम्पन्न बैठकमा पार्टीकै केन्द्रीय सदस्य एवं प्रवास ब्युरो इन्चार्ज देविदत्त पाण्डेको पनि उपस्थिति रहेको थियो । प्रवासी नेपाली जनसमाजका अध्यक्ष श्याम गोर्खालीको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन संगठनका महासचिव मोती गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :