प्रचण्ड बसेकै इलाकामा बम विस्फोट

bomb blastअम्बिका चन्द/काठमाडौं, असार ९ः आज विहान कैलालीको अत्तरियामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बसिरहेको स्थानमा बम विष्फोट भएको छ । माओवादी केन्द्रकै नेता लेखराज भट्टको अत्तरियास्थित घरमा प्रचण्ड बास बसिरहेको बेला सोही पार्टीका गोदावरी नपाकाका मेयर पदका उम्मेद्वार तथा ठेकेदार गोकर्ण भट्टको घरमा बम विष्फोट भएको हो । विष्फोटको कारण भट्टको घरमा क्षती पुगेको भए पनि मानवीय क्षती नभएको कैलाली प्रहरीले बताएको छ । लेखराज भट्टका भाइसमेत रहेका गोकर्ण भट्ट ठेकेदारी सँगसँगै विभिन्न खालका तस्करीमा संलग्न रहेकोले चुनाव विरोधी निशानामा परेको हुनसक्ने बताएको छ । जनयुद्धकालमा माओवादीबाट एमालेमा प्रवेश गरेका भट्ट त्यहाँका ठूला धनाढ्य पनि हुन् । बम विष्फोट कसले र किन गराएको भन्ने एकिन नभए पनि चुनाव खारेजी अभियानमा रहेकाहरुले गराएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :