पोखराबाट रुपेश र हमाल गिरफ्तार, व्युरो इन्चार्ज आस्थाद्वारा तुरुन्त रिहाइको माग


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युरोले व्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ र जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमको सम्पादक ओम हमाललाई केपी–पिके सरकारका गृह प्रशासनले पोखराबाट विना कारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । गण्डक व्युरो इन्चार्ज आस्थाले शुक्रबार विज्ञप्ति जारी गरी निहत्था नागरिकहरुको हत्यामा उत्रिएको जन हत्यारो केपी–पिके प्रशासनले पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, यातनादिने, झुट्टा मुद्दा लगाउने र बन्दी बनाउने कार्यको घोर विरोध गर्दै गिरफ्तार परेका रुपेश र हमाललाई बिनासर्त रिहा नगरिए कडा ढंगले योजनाबद्ध जनप्रतिरोध गर्ने चेतावनी दिएकी छिन् ।

व्युरो इन्चार्ज आस्थाको विज्ञप्तिमा भनिएको छ, ‘सर्वहारा वर्गको पक्षमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ विप्लवको नेतृत्वमा हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको बाटोमा निरन्तर अघि बढिरहेको छ । केपी–पिके नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारका गृह प्रशासनले नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ र जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमको सम्पादक ओम हमाललाई आज (शुक्रबार) विहान करिव ९ बजेतिर पोखराबाट गिरफ्तार गरी अमानवीय व्यवहार देखाएकोमा हाम्रो पार्टी कडा रुपमा घोर निन्दा एवंम् भत्र्सना गर्दछ ।’

इन्चार्ज आस्थाको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जनताको जीउधनको सुरक्षा त कता हो कता, निहत्था नागरिकहरुको हत्यामा उत्रिदै आफुलाई समाजवादी कम्युनिस्ट सरकार भएको दावी गरिरहेको जन हत्यारो केपी–पिके मण्डली र उसका हनुमानहरुको रवैया नेपाली समाजमा बढ्दै गएको छ । यही स्थितिमा राष्ट्र र जनतामाथि लादिएका सबैखाले अत्याचारको विरोध गर्ने न्यायप्रेमी जनतामाथि वर्तमान कथपुतली दलाल सरकार सामन्य विवेकसमेत नराखी दमन थोपरिरहेको छ । हामी संमयतापूर्वक भन्न चाहान्छौं कि, सबै खाले दमन, हत्या, यातना र झुट्टा मुद्दा लगाउन रोकी हाम्रा गिरफ्तार साथीहरुलाई विनासर्त रिहा गरियोस् अन्यथा कडा ढंगले योजनाबद्ध जनप्रतिरोध गरिने र त्यसको जिम्मेवार केपी–पिके प्रशासन हुनेछ ।’ विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ भदौ ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :