जनताको सहभागितामा निर्माण भइरहेको प्रतिक्षालयमा प्रहरीद्वारा आगजनी

नेकपाद्वारा भदौ ९ गते चितवन जिल्ला बन्दसहितको कार्यक्रम घोषणा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले राप्ती नगरपालिका ओहोलेवाङमा दलाल सामाजिक फासिवादी सरकारका केही एजेन्ट र घुस्याहा प्रहरी, कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा प्रतिक्षालयलाई भत्काएर आगजनी गरेकोप्रति घोर निन्दा र भत्र्सना गरेको छ । जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले शुक्रबार विज्ञप्ति निकाली नेपाल कम्युनिस्ट पार्टी र जनताको प्रत्यक्ष सहभागितामा सहिद स्मृति प्रतिक्षालय निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा २०७६/५/५ गते बन्चरा, आरा, गैती, घन र लाइटर बोकेका केही एजेन्ट र कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आएको प्रहरी जत्थाले ओमेदानमा पुगेर श्रमिक जनतालाई धम्क्याउने, जनतालाई आतंकित पार्दै निर्माण भइरहेको प्रतिक्षालयलाई भत्काएर आगजनी गर्ने जस्ता कार्यको विरुद्धमा भदौ ६–७ गते प्रचार–प्रसार र मसाल जुलुस र ९ गते चितवन जिल्ला बन्दको घोषणा गर्दै पार्टीले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमलाई सहयोग र समर्थन गरिदिनुहुन सम्पूर्ण उद्योगी व्यवसायी व्यापारी शिक्षक प्राध्यापक कर्मचारी मजदूर नागरिक समाजलगायत सम्पूर्ण चितवन जिल्लावासी जनसमुदायलाई हार्दिक अनुरोधसमेत गरेका छन्

इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता जनताको पूर्ण अधिकारकोलागि वैज्ञानिक समाजवाद स्थापना गर्न हाम्रो पार्टी आन्दोलनरत छ । जनताको सहयोग र सहकार्यले गर्दा पार्टी श्रमिक जनताको भरोसायोग्य शक्तिको रुपमा स्थापित भएको छ । दलाल भ्रष्ट, कमिशनखोर, तस्कर राष्ट्रघाती विरुद्ध संघर्ष गर्दै विगतका दिनहरुबाट जनतामाँझ आवश्यकता अनुसार विकास निर्माणका पुर्वाधारहरु (बाटो, घाटो, खानेपानी, प्रतिक्षालय) जनताको सहभागितामा हाम्रो पार्टीले बनाउँदै आइरहेको कुरा सर्वविदितै छ । यही क्रममा राप्ती नगरपालिका ओहोलेवाङमा जनताको प्रत्यक्ष सहभागितामा सहिद स्मृति प्रतिक्षालयको निर्माण अन्तिम चरणमा पुगेको अवस्था थियो । सहिद स्मृति प्रतिक्षालय निर्माणले जनतामा उत्साह र खुसी पैदा भएको थियो २०७६÷५÷५ गते दलाल सामाजिक फासिवादी सरकारको निर्देशनमा बन्चरा, आरा, गैती, घन र लाइटर बोकेका केही एजेन्ट र घुस्याहा प्रहरी, कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आएको प्रहरी जत्थाले ओमेदानमा पुगेर श्रमिक जनतालाई धम्क्याउने काम गर्यो । जनतालाई आतंकित पार्दै निर्माण भइरहेको प्रतिक्षालयलाई भत्काएर आगजनी गर्यो । आफु पनि विकास नगर्ने जनताले आफ्नै श्रमबाट निर्माण गरेको बाटो पुर्वाधार भत्काउनु मुर्खतापूर्ण पागलपन शिवाय अरु केही हुन सक्दैन । राज्यको यो बर्बर जंगली व्यवहारको हाम्रो जिल्ला पार्टी घोर निन्दा र भत्र्सना गर्दा केही घुस्याहा एजेन्ट, प्रहरी भ्रष्ट जनप्रतिनिधिको उक्साहटमा नलाग्न राष्ट्रवादी सुरक्षाकर्मीलाई हाम्रो पार्टी अपिल गर्दछ । राज्यको ज्यादती दमन र अत्याचारको विरुद्ध हाम्रो चितवन जिल्ला पार्टीले आन्दोलनको घोषणा गरेको छ । विगतमा झै हाम्रो पार्टीले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमलाई सहयोग र समर्थन गरिदिनुहुन सम्पूर्ण उद्योगी व्यवसायी व्यापारी शिक्षक प्राध्यापक कर्मचारी मजदूर नागरिक समाजलगायत सम्पूर्ण चितवन जिल्लावासी जनसमुदायमा हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ भदौ ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :