थपलियालाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश


काठमाडौं : जनसांस्कृतिक महासंघका माहासचिव तथा साहित्यकार खेम थपलियालाई सर्वाेच्च अदालतले ३ दिनमा अदालत उपस्थित गराउन आदेश दिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वाेच्चमा सोमबार दायर गरेको रिटमाथिको मंगलबारको बहसपछि सो आदेश दिएको हो । पत्रकार, लेखक तथा साहित्यकार थपलियाको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा ९ नम्बर बेन्चमा न्यायाधीश प्रकाशमान सिंह रावतको एकल इजलासले मंगलबार दिएको थियो ।

उक्त रिटमा बरिस्ठ अधिबक्ता एकराज भण्डारी, अधिबक्ताहरू कपिलचन्द्र पोखरेल, भक्तिराम घिमिरे र चुडाबहादुर निरौलाले बहस गरेका थिए । थपलियाको तर्फबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका जैसीले निशर्त रिहाईको माग गर्दै सर्वोच्च अदालतमा सोमबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

साउन २५ गते थपलियालाई काठमाडौंको बागबजारस्थित जलजला पत्रिकाको कार्यालयबाट गिरफ्तार गरिएको थियो ।

२०७६ भदौ ४ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :