थपलियाको रिट उपर सर्वाेच्च अदालतमा बहस हुँदै

काठमाडौँ : पत्रकार, लेखक तथा साहित्यकार खेम थपलियाको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन उपर आज अर्थात मंगलबार बहस हुदैछ । सर्बोच्च अदालतको ९ नम्बर बेन्च प्रकाशमान सिहं रावतकाे एकल इजलासमा थपलियाको रिट उपर सुनुवाई हुन लागेको हो । उक्त रिटमा बरिस्ठ अधिबक्ता एकराज भण्डारी, अधिबक्ताहरू कपिलचन्द्र पोखरेल, भक्तीराम घिमिरे  र चुडाबहादुर निरौलाले बहस गर्दैछन् । थपलियाको तर्फबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । थपलियालाई सावन २५ गते काठमाडौंको बागबजारस्थित जलजला पत्रीकाको कार्यालयबाटै गिरफ्तार गरिएको थियो ।

२०७६ भदौ ३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :