सहिदहरुको सम्मानमा स्मारक, प्रतिक्षालय खानेपानी धारा निर्माण


काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चितवनमा सहिदहरुको सम्मानमा स्मारक, प्रतिक्षालय खानेपानी धाराजस्ता जनसेवाका कामहरुलाई तिव्रता दिएको छ । त्यसक्रममा राप्ती नगरपालिका–१० स्थित समिटारमा ५० घरधुरीकोलागि खानेपानीको धारा निर्माण भएको छ । स्थानीय जनताको श्रमदानसहित सो पक्कि धारा निर्माण गरिएको हो । जनयुद्धकालमा सोही स्थानमा पूर्वि चितवनका लोकप्रिय नेता ईश्वरीप्रसाद खनाल ‘प्रतिक’, अर्का नेता गमबहादुर तामाङ र हरिबाबु सेदाईलाई शाही सेनाले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको थियो । निर्माण कार्यमा स्थानीय विद्यालयका शिक्षक र विद्यार्थी पनि सहभागी भएको नगर सेक्रेटरी जगदिशले बताए । मंसिरदेखि फागुनसम्ममा निर्माण सम्पन्न भएको सो खानेपानी धारा निर्माण कार्यसहित त्रयको स्मृतिमा निर्माण भएको र यस्ता सृजनात्मक तथा जनसेवा कार्यलाई निरन्तरता दिने सोही पार्टीका जिल्ला सेक्रेटरी ध्रुवले बताएका छन् । समीटारमा नै त्यसअघि राप्ती नगरपालिकाले सहिद स्मृति प्रतिक्षालय निर्माण गरेको थियो ।

२०७६ भदौ ३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :