गिरफ्तार सम्पुर्ण नेता कार्यकर्ताहरुलाई तुरुन्त स–सम्मान रिहा गर – अनु


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी मेची–कोशी व्युरोले ताप्लेजुङ्ग जिल्ला इन्चार्ज सकल लिम्बु, ताप्लेजुङ्ग जिल्ला सेक्रेटरी नरपति पौडेल, पाँचथर जिल्ला इन्चार्ज राजु दास, ईलाम जिल्ला सेक्रेटरी याम लिम्बु, अखिल क्रान्तिकारीका मेची–कोशी व्युरो संयोजक गणेश कार्कीसहित पाँच जनालाई केपी–बादल गृह प्रशासनले अपहरण शैलीमा गिरफ्तार गरेकोप्रति मेची–कोशी व्युरोले घोर निन्दा एवंम भत्र्सना गर्दै रिहाइको माग गरेको छ । मेची–कोशी व्युरो इन्चार्ज अनुले आइतबार विज्ञप्ति जारी गरी पार्टी कामको शिलशिलामा रहेको बेला पाँच जनालाई झापा दमकबाट प्रहरीले गिरफ्तार गरी झूट्टा मुद्दा लगाई नियोजित ढङ्गले फसाउने षड्यन्त्र गरे कडा प्रतिरोधमा उत्रिने चेतावनी दिएकी छिन् ।

व्युरो इन्चार्ज अनुको विज्ञप्तिमा भनिएको छ, ‘हिजो मिति २०७४/०४/३२ गते शनिबार बेलुका हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी मेची–कोशी व्युरो सदस्यहरु ताप्लेजुङ्ग जिल्ला इन्चार्ज कमरेड सकल लिम्बु, ताप्लेजुङ्ग जिल्ला सेक्रेटरी कमरेड नरपति पौडेल, पाँचथर जिल्ला इन्चार्ज कमरेड राजु दास, ईलाम जिल्ला सेक्रेटरी कमरेड याम लिम्बु, अखिल क्रान्तिकारीका मेची–कोशी व्युरो संयोजक कमरेड गणेश कार्कीसहित पार्टीका ५ जना जिम्मेवार कमरेडहरुलाई पार्टी कामकै शिलशिलामा रहेको बेला झापा दमकबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको बिषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

अनुको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यतिबेला केपी–पिके नेतृत्वको जन हत्यारो सरकार राष्ट्र र जनताबिरुद्ध चौतर्फी हत्या, दमन र सोषण थोपरिरहेको छ । यसको मतियारी गरिरहेका स्थानीय निकायका कथित जनप्रतिनिधि, भ्रष्ट लठैत प्रहरी, कर्मचारी र सामाजिक भंडुवाहरुको जनबिरोधी हर्कतले जनता तिब्र मारमा परेका छन् । यस्तो बेला राष्ट्र र जनताप्रति उत्तरदायी बनेर जनताको अधिकार र मुक्तिको निम्ति संघर्षशील हाम्रो पार्टीमाथि हत्या र गिरफ्तारी मच्चाईरहेको दलाल सरकारले मेची–कोशीमा आफ्नो फासिष्ट दमनलाई केन्द्रित गरेको छ । फासिवादी सरकारद्धारा लादिएको पुर्व क्षेत्रको दमनले पुर्वबाटै भिषण प्रतिरोध शुरु हुने र यहीबाट दलालहरुको अवशान हुने निश्चित छ र त्यो शुरु भइसकेको छ । दमन गरेर जनताको आन्दोलनलाई निस्तेज गर्छौं भन्ने दलालहरुको सपना कहिलै पुरा हुने छैन । बरु हाम्रो आन्दोलन अझ शसतm, अझ घनिभुत र प्रभावकारी भएर अगाडि बढ्नेछ ।’

इन्चार्ज अनुको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘गिरफ्तार सम्पुर्ण नेता कार्यकर्ताहरुलाई तुरुन्त रिहा गरियोस अन्यथा कडा प्रतिरोधको सामना गर्नको निम्ति तयार रहन सरोकारवालाहरुलाई चेतावनी दिन चाहान्छौं । यसरी नै दमनलाई तीब्रता दिने हो भने हामी दलालहरुको अखडा कही पनि र जतिबेला पनि प्रतिरोधको निशाना बनाउन बाध्य हुने छौं । अन्तमा, सामाजिक भंडुवा सुराकीहरुलाई जुनकुनै बेला निर्मम कारबाही हुन सक्ने बिषयसमेत यसै विज्ञप्तिमार्फत जानकारी गराईन्छ ।’ विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ भदौ २ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :