सहिद स्मृति प्रतिक्षालय बन्दै


काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा चितवन, राप्ती नगरपालिका, वडा नं. ११ स्थित ओनेवाङ गाउँप.मा सहिद स्मृति प्रतिक्षालय निर्माण कार्य धमाधम भइरहेको जानकारी पार्टी जिल्ला इन्चार्ज शार्दुलले दिएका छन् ।

जनकल्याण सामुदायिक बनले निशुल्क काठ उपलब्ध गराएको छ । स्थानीयले श्रमदान गरेका छन् भने अन्य लगानी नेकपा राप्ती नगरपालिका समितिले गरेको छ । अनुमानित लागत (काठ र श्रमदानबाहेक) सात लाख लाग्ने बताइएको छ । नगरको १० र ११ वडाको बीच ओनेवाङ भन्ञ्याङमा निर्माणाधीन सो प्रतिक्षालय सहिदहरु ईश्वरीप्रसाद खनाल ‘प्रतिक’ हरिबाबु सेदाई, गमबहादुर तामाङ र एकीकृत जनक्रान्तिका महान् सहिदहरुलगायतको स्मृतिमा निर्माण भइरहेको आयोजकहरुले बताएका छन् ।

२०७६ भदौ २ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :