चट्याङ लागेर एकजनाको मृत्यु


काठमाडौं : धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका– ३ पोखरा साँधनकी धनकुमारी गुरुङको चट्याङ लागेर मृत्यु भएको हो । पोखरा गाउँ निवासी ६० वर्षीया धनकुमारी गुरुङको ज्यान गएको हो ।

गोठालो गएकी गुरुङ गाईवस्तुसहित घर फर्कन लाग्दा चट्याङ परेको थियो । चट्याङ लागेर गुरुङको घटनास्थलमा नै ज्यान गएको थियो ।

२०७६ भदौ २ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :