किन आएन पोस्टमार्टम रिपोर्ट


काठमाडौं : असार ५ गते सर्लाही जिल्ला, लालबन्दी नगरपालिका–१ लखन्तीमा बागमति नगरपालिका–२ निवासी नेपाल कम्युनिस्ट पार्टी सर्लाही इन्चार्ज कुमार पौडेललाई कथित दोहोरो भीडन्तको नाममा नियन्त्रणमा लिएर हत्या गरिएको थियो ।

असार ५ गते हत्या गरिएका कुमार पौडेलको शव जिल्ला सदरमुकामस्थित सरकारी अस्पताल मलंगवा लगिएको थियो । त्यसको ३ दिनपछि परिवारलाई सो सव प्रहरीले बुझाएको थियो । जिल्ला अस्पतालले पोस्टमार्टम रिपोर्ट नबुझाएको कारण घटनाको छानविन प्रक्रिया अवरुद्ध भएको छ भने राष्ट्रिय मानवअधिकार आयोगले छानविन प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । प्रहरीको दबावमा अस्पतालले सो प्रतिवेदन नबुझाएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने ‘आलोचनाको त्रासको कारण पोस्टमार्टम रिपोर्ट पेश नगर्न अस्पताललाई प्रहरीले दबाव दिएको आशंका हामीले गरेका छौं ।’ जनदबाव दिइएन भने छानविन प्रक्रिया नै अवरुद्ध हुनसक्छ ती सदस्यले भने । यतिवेला सदन, सञ्चार र सडकमा कुमार हत्याकाण्डले तातेको छ । सरकार आलोचना र आक्रोसको निशानामा परेको छ । त्यसैले जनआक्रोस मत्थर भएको मौका पारेर प्रतिवेदन आफू अनुकूल सार्वजनिक गर्ने दुरासयले अस्पताललाई प्रहरी र गृह प्रशासनले दबाव दिएको देखिन्छ । अन्यथा १ महिना नाघिसक्दा पोस्टमार्टम प्रतिवेदन नबुझाउनुको अर्को कारण हुनै सक्दैन ।

प्रहरी र सत्तारुढ पार्टीका नेताहरुले कुमार हत्याकाण्डको विरुद्ध संघर्षरत स्थानीयलाई झुठ्ठा मुद्दा लगाउने, कैयौंलाई प्रलोभन र दबाव दिएर मुख थुन्ने षड्यन्त्र पनि गरिरहेको परिवारको दावि छ । प्रहरीसँग मिलेर अस्पतालले गलत रिपोर्ट दिने, रिपोर्ट बुझाउन आलटाल गर्ने गरिरहेको कारण अस्पताल प्रशासनप्रति नै आशंका उब्जिएको छ । सरोकारवाला पक्षलेसमेत अपेक्षित कदम नचालेको परिवारको गुनासो रहेको छ ।

२०७६ भदौ २ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :