फूल पार्न छोडेका पोथीका कुरा

अनिल शमाAnil-sir
नारी जाति जसमा पशु, पंक्षी, मान्छे समेतमा डिम्बहरुको उत्पादन बन्द भएर स्थिरता कायम नभएको संक्रमणकालिन समयमा थकाई, कुण्ठा, अस्वस्थता, चिडचिडाहट हुन्छ भन्छन् चिकित्सकहरु । सायद राजनीतिक मनोविज्ञानमा पनि भौतिक विज्ञानका यी नियमहरु भिन्न रुपमा लागू हुन्छन् । नेपालको माओवादी धाराका एकथरी उमेर र तिलचामले कपाल हेर्दा पाका भन्नुपर्ने मान्छेहरुमा त्यसैप्रकारको मनोविज्ञान देखा परेको छ ।
माओवादी धाराको छलफल गर्दा अब प्रचण्ड र बाबुरामको टिप्पणी गरेर समय बिताउनु आवश्यक छैन । उनीहरुले संसदीय पूँजीवादी व्यवस्था स्विकार गरिसकेका छन् । जहाँसम्म नेकपा (क्रान्तिकारी माओवादी) र क. किरणको प्रश्न होý तत्कालिन नेकपा (माओवादी)मा प्रचण्डपछि दोश्रो वरियतामा रहेका मोहन वैद्यलाई संसदीय दलको उपनेता बनाएको भए सदनबाट राजीनामा आउने थिएन । किनकी त्यसप्रतिम ोह नभएको भए हाजिर गर्न पुग्ने नै थिएनन । त्यसपछि प्रचण्डसँग ६ बुँदे एकता प्रस्ताव, शुशिल कोइरालाको सरकारमा जाने कोशिस, पोखरा बैठकलाई धारपमा पारेर चुनावमा जाने षड्यन्त्र र पार्टीमा क्रान्तिकारी प्रवृत्तिका विरुद्ध निरन्तर प्रहार किरणकै नेतृत्वमा भएको हो । प्रचण्डसँग बिलय गर्ने बादल–गुरुङ योजनामा किरणले वैचारिक होइन भावनात्मक कारणले पछि हटेको प्रष्ठ हुन्छ । देशभक्तिको धारा र वर्गिय आन्दोलनमा प्रचण्डले केशरजङ्ग रायमाझीले भन्दा ठूलो राष्ट्रघात गरेका छन् । तिनै प्रचण्ड बालुवाटारमा विराजमान भएको भोलिपल्ट पञ्चायतीकालमा बिहान सबेरै फूल चढाउन सिडिओ निवास पुग्ने पञ्चहरुझैं किरण बालुवाटार दर्शनमा पुगेको कुरुप समाचार सार्वजनिक भएको छ । अहिले पनि किरणका नेता प्रचण्ड नै हुन भन्ने तर्कलाई बल पुगेको छ । किरण र बादलका सग्लो होइन फुटाएर मात्र भित्र्याउने रणनीतिअनुसार काम भएको भन्ने विश्लेषणलाई बल पुगेको छ । बादल–गुृरुङको प्रचण्डसँग समानान्तर ‘डिल’ र किरणसमेत गएपनि प्रचण्डसँग नजाने गौरवको तयारीको बीचमा परेका क. किरण संयोगवश–बाध्यतावश तत्काललाई कथित एकतामा गएनन् । वैचारिक, राजनीतिक र संगठनात्मक रुपमा कुनै योजना र आँट नभएका एकजना ‘क्रान्तिप्रेमी’ लाई हाम्रो धेरै भन्नु छैन ।
केही समययता एकजना वरिष्ठ सांस्कृतिककर्मी र विश्लेषकले नेकपा माओवादीका विषयमा भद्दा टिप्पणी गरेका छन् । त्यसप्रकारको टिप्पणी गर्नेमा क. ऋषिराज बराल पनि छन् । एक दैनिकमा बिहिबार उनको आक्रोस र आवेगपूर्ण लेख प्रकाशित छ । मैले सो लेखलाई विचारधारात्मक आवरणमा आएको भावनात्मक अभिव्यक्तिका रुपमा लिएको छु । त्यसका खास कारण छन् । प्रचण्ड हुँदै वैद्यसम्म पुग्दा भावि राजनीति र कार्यदिशाका विषयमा नेतृत्वका कोणबाट क. विप्लवसँग छलफल भइरहन्थ्यो । त्यसक्रममा जनयुद्धको निरन्तरता ठान्ने ठूलै पङ्ती थियो । क. विप्लव भने विचार र भावनात्मक, मनोवैज्ञानिक रुपले अलिकति भिन्न सोच्दै हुनुहुन्थ्यो । तर बरालमा जनयुद्धको निरन्तरताभन्दा भिन्न सोच आउन सकेन । क. असारे काकाले जसरी नयाँ पुस्तालाई सजिलै स्विकार्ने पुस्ता कम हुँदा रहेछन् । पुराना पुस्तामा दम्भ, अघोषित प्राधिकारपूर्ण सोंच र आफ्नो वरिपरि नचाउन चाहने मनोकांक्षा हुँदो रहेछ । मान्छेले जब आफूलाई एक नम्बर क्रान्तिकारी र सबैभन्दा जान्ने बुझ्ने ठान्छ तब त्यसका प्रतिक्रियात्मक प्रभाव ९क्ष्मभभााभअत०हरु भयावह हुन थाल्छन् । म क्रान्तिकारी त्यसैले मैले भनेको नमान्ने गैरक्रान्तिकारी, क्रान्ति विरोधी उनीहरु सोच्न थाल्छन् र पार्टीभित्र वा बाहिर निषेध शुरु हुन्छ । मेरो कुरा मान्ने अब्बल क्रान्तिकारी सोचिन्छ र सबै झारपात, दुर्गन्ध बोकेर हिड्न थालिन्छ । म जस्तो जान्नेबुझ्नेले भनेको नमान्ने गवाँर, लठ्ठक देख्न थालिन्छ । पुराना एकथरी माओवादीहरु यो रोगले भ्रमित छन् । डा. बरालको आक्रोस अर्को सन्दर्भमा केन्द्रित भएको मेरो उभ्याई छ । २०५५÷०५६ तिर एम.वि. सिंहले तत्कालिन माओवादीको चर्को विरोध र आक्रमण गर्थे । एम.वि.ले माओवादीको विरोध गरेपनि सारमा त्यो आक्रमण माओवादीतिर नजिकिँदै गएका दिनानाथ शर्माप्रति थियो । २०६२ तिर नायारणकाजीलाई हमला गर्न एमविले माओवादी शब्दले प्रयोग गर्थे । बराल–ओली मिलेर किरण र विप्लवलाई नजिक ल्याउने र आफ्नो भूमिका देखाउने अन्यथा अलग पार्टी चलाउने सोचमा क. बराल देखिन्थे । तर नेकपा माओवादीले दाङ सम्मेलनबाट कार्यदिशा नेतृत्व र पार्टीको स्वरुप खडा गरिसकेपछि त्यसमा टेकेर एकपटक प्रयोगमा जानुपथ्र्यो । त्यसैले उसले ‘एकता होइन, धु्रविकरण’ भन्दै आएको छ । एउटा कार्यदिशा पारित गरेपछि त्यसलाई लागू नगरीकन फेरि बहसमा फर्किनु गोलचक्करवाद बाहेक अरु हुन सक्दैनथ्यो । त्यो बहस बराल–ओली नेतृत्वको ‘न्यूक्लियस’ समूहमा चल्यो । त्यहाा मत बाँझियो । त्यसप्रकारको स्थितिलाई सामान्य रुपमा लिनुपर्नेमा क. बरालले त्यसरी लिन सक्नु भएन । एमविको शैलीमा उहाँले विप्लवको नाम लिएर हेमन्तप्रकाश वलीलाई प्रहार गरिरहनु भएको छ ।
उत्तरसाम्राज्यवाद र साम्राज्यवादको सारतत्वको विषयमा कुनै भ्रम पाल्न आवश्यक छैन । उत्तर साम्राज्यवादको विषयमा ‘जनक्रान्ति’ दोश्रो अंकमा क. विप्लवको निष्कर्ष छ, ‘यसले जतिसुकै स्वतन्त्रता, प्रजातन्त्र र समृद्धिको नारा लगाए पनि उत्तरसाम्राज्यवादको सार भनेको शोषण र मुनाफा नै हो । यसको चरित्र भनेको विभेद, उत्पीडन, ध्वंस, अशान्ति युद्ध नै हो । विश्वमा पूँजीवाद रहेसम्म यसले मानव समाजमा मुक्ति, स्वतन्त्रता, स्वाधीनता र शान्ति दिने कल्पना पनि गर्न सकिँदैन ।’ उपर्युक्त भनाइबाट साम्राज्यवादका विषयमा पार्टीका सोंचहरु सहजै बुझ्न सकिन्छ । पाँडे गालीमा उत्रेर सम्बन्धित व्यक्तिकै उचाई थेप्चिने हो । अर्कोतिर कलमका विरुद्ध बम र गोलीका कुरा गरेर कम्युनिष्ट जनमत भड्काउने केटैले असहिष्णुता पनि सही होइन । २०४८ सालदेखि २०५२ आसपासमा प्रचण्डको स्थानमा (बहसका दृष्टिले हेर्दा) विप्लव देखा पर्दै गर्दा त्यसबेलाका खगेन्द्र र श्याम श्रेष्ठको स्थानमा इन्द्रमोहन र बराल देखिँदैछन् । राष्ट्रियता र जनतन्त्रका विषयमा जो लड्दैछ उसैलाई सत्तोसराप गर्ने र फूल पार्न छोडेका, बालुवाटार तिर्थाटनका तिर्थालु संसदीय भक्तजनको जय जयकार गर्नु क्रान्तिकारीता कसरी हुन सक्छ ?
‘उत्तर’ अर्थ अमूक व्यक्ति र अतितको गोरेटो अनुसार सुधो हली झैं खुरुखुरु हिड्नु पर्छ भन्ने छैन । ‘उत्तरसाम्राज्यवाद’ भनेको आज छैन भन्ने होइन कि ‘अन्तिम अवस्था’ भनेको हो । पदावली प्रयोगका दृष्टिले नयाँ भएपनि यो कुनै नयाँ प्रयोग होइन । लेनिनले नै पूँजीवादको अन्तिम वा मरणासन्न रुपमा साम्राज्यवाद प्रकट भएको बताउनुभएको थियो । कसैले नयाँ शब्द प्रयोग गर्नासाथ ईष्र्या वा असिष्णु हुनुपर्ने कारण छैन । नयाँ काम गर्न खोज्दा शतप्रतिशत सही हुन्छ भन्ने छैन । तर योजनाबद्धरुपमा गल तगर्न खोजेको लाल्छना स्विकार्न सकिन्न । अग्रजहरुले आर्जन गरेको ज्ञान–चेतनाका विषयमा क. विप्लवको भनाई छ, ‘हामीले विकासका नाममा न मालेमावादका आधारभूत मान्यताहरु परित्याग गर्ने कुरा सोच्न सक्छौं, न त विकास भन्ने शब्दबाटै तर्सिएर विचारकहरुका भनाइ भट्याउने तहसम्म मात्र सीमित हुनुसक्छौ ।’ आफ्नो स्वार्थ अनुसार नाच्न तयार नहुँदासाथ दुश्मन पङ्ती र जनताको पङ्ती नछुट्याई हमला गर्ने संकिर्ण र अलगाववादी सोंचबाट अग्रजहरुले आफूलाई पृथक गर्न आवश्यक छ । वैचारिक बहस र गाली गलौज एउटै कुरा होइन ।
विप्लव माओवादीका प्रकाशनहरुसमेत कतिपय मान्छेहरु अनावश्यक रुपमा तर्सिन थालेका छन् । त्यसको नकारात्मक पाटो मात्र छैन । त्यसको प्रभावकारिताको कारण पनि त्यसमा निहीत छ । हाम्रा प्रकाशनहरु टाँगाको घोडा सरह दायाँवायाँ हेर्न नसक्ने, तर्क–बितर्क गर्न नसक्ने, विरोधीका कुरा थाहै नपाउने अन्धभक्त, यान्त्रिक हुनुहुँदैन । आजको पाठक के लिने र के नलिने आफैं पर्गेल्न सक्छ । हमला गर्न र प्रतिरक्ष ागर्न आफ्नो कित्ता बाहिर पनि पुग्नै पर्छ । मध्यम वर्गका विषयमा हाम्रा बहसले कतिपय बौद्धिकहरु आफू पछिपरेको ठानेर कुण्ठित भएको भान हुन्छ । कुण्ठा गालीगलौजमा अभिव्यक्त भएको छ । हामीमा मध्यम वर्गप्रति कुनै भ्रम छैन । क्रान्तिको मुख्य शक्ति अहिले पनि किसान र मजदुर नै हो । तर मध्यम वर्गलाई गोलबन्द नगरी क्रान्तिको अन्तिम विजय गर्छु भन्नु हावादारी कूतर्क मात्रै हो । विश्वका कुनै पनि क्रान्ति मध्यमवर्गको संलग्नताविना भएका छैन । विकसित देशमा मध्यम वर्ग ‘नयाँ गरिब’ वर्गका रुपमा देखा परेको छ भने अविकसित र उत्पीडित देशमा ‘दलालपूँजीवाद विरोधी’ शक्तिका रुपमा रहेको छ ।
भौतिक अवस्थाहरुले मान्छेको सोच्ने तरिकामा पनि फरक ल्याउँदो रहेछ । बुद्धिजिवीहरुका लागि क्रान्ति भएदेखि राम्रो, जहाँ आफ्नो पनि हित होस् । क्रान्ति नभए क्रान्तिको गीत गाएर बसौं चलकै छ भन्ने हुन्छ । तर भोकानाङ्गा मान्छेलाई गीत गाएर जीवन चल्दैन । उसलाई आज, अहिल्यै या अरब जानुपर्छ या त क्रान्तिमा हाम्फाल्नु पर्छ । फुल पार्न छोडेका पोथीझैं करकर मात्रै गरेर तल्लो तहको मान्छे बस्न सक्दैन । त्यो जमिनीयथार्थको प्रभाव एकथरी नेतामा पनि भयानक छुट्छुट्ीका रुपमा रुपमा देखा पर्छ । त्यसलाई स्विकार्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :