मोरङमा बम विष्फोट

arati stile 1

काठमाडौं/असार ९ः बुढीगंगा –१, टङ्केसिनवारीस्थित भारतीय लगानीको कारखाना आरती इन्टरनेशनल लिमिटेडमा बिहिबार साँझ शक्तिशाली बम विष्फोट भएको छ । सो कारखानाकोे मुख्य लगानी भारतको लुधीयानामाा रहेको छ । गत सेप्टेम्बरमा सो कम्पनीको लुधीयानामा भएको मजदुर आन्दोलनमा मालिक मेजर सिंह (ढुवानी तर्फबाट मालिक) ले चलाएको गोलीमा ३ जनाको मृत्यु भएको थियो । सो कारखानाको मोरङ शाखाले नेपालका मजदुर माथी पनि व्यापक दमन र शोषण गर्दै आएको मजदुहरुको गुनासो थियो । बम विष्फोटबाट भएको क्षतीको विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :