दार्जलिङमा भएको दमनको विरोध /१२ गते प्रदर्शन

biplove-1

काठमाडाैं/असार ९ः विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले औपचारिक रुपले नै दार्जलिङ खरसाङ, कालेबुङ, मिरिकलगायतमा चलिरहेको दार्जलिङकाे आन्दोलनलाई समर्थन गरेको छ । उसले गत सनिबार दार्जलिङमा भएको दार्जलिङका जनतामाथीको दमनको निन्दा गर्दै त्यसको विरुद्ध प्रदर्शन गर्ने भएको छ । असार १२ गते २ बजे शान्तिवाटीकाबाट शुरु हुने जुलुश लैनचौरस्थित भारतीय दुतावासमा पुगेर दार्जलिङ माथी भएको दमनको विरोध गर्दै उनीहरुका माग पुरा गर्न माग गरिने छ । भारतीय दुतावस मार्फत भारत सरकारलाई विरोधपत्र बुझाइने सो कार्यक्रमको नेतृत्व नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले गर्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :