पूर्व विद्यार्थी नेता खतिवडा रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का पूर्व केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका संयोजक केदार खतिवडा रिहा भएका छन् । २०७५ फागुन २२ गते काठमाडौँको बालुवाटारबाट गिरफ्तार भएका खतिवडा बिहीबार धरौटिमा रिहा भएका हुन् । खतिवडालाई प्रहरीले गिरफ्तार गरेर चन्दा असुलीको आरोपमा मुद्धा चलाएको थियो । काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि खतिवडालाई पुर्पक्षका लागि केन्द्रीय कारागार चलान गरेको थियो ।

२०७६ साउन २५ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :