एकीकृत जनक्रान्ति हाम्रो

यो हो मुक्ति–अभियान हाम्रो
यो हो सहिदको सान हाम्रो
यो नेपाली पहिचान हाम्रो

सच्चा कम्युनिस्ट बनिरहनु राम्रो
उच्च विचार, सादा जीवन नै राम्रो
राष्ट्रको रक्षक बनिरहनु अति राम्रो
जनताको सेवक त झनै कति राम्रो

शान्ति, समानताको चाहना नै राम्रो
स्वाधीन अनि समृद्ध बिहान राम्रो
दासताभन्दा बलिदान अधिक राम्रो
अनमोल जीवन त झनै कति राम्रो ।

२०७६ साउन २४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :