कुमाल र भट्टलाई प्रशासनले छोड्यो तर प्रहरीले छोडेन


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका गोरखा इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई जिल्ला प्रशासन कार्यालयले छोडे पनि प्रहरीले गिरफतार गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट रिहा भए लगत्तै कुमाल र भट्टलाई प्रहरीले पक्राउ गरी ट्याक्सीमा हालेर स्याङजातर्फ लिएको हाम्रा संमाचार सहयोगीले जानकारी दिएका छन् ।

बैशाख २२ गते गोरखाबाट गिरफ्तार गरिएका उनीहरु जिल्ला प्रशासनले तोकेको २ हजार धरौटी नतिरेरै कारागार पुगेका थिए । यस अघि पनि उच्च अदालतले २५ हजार धरौटीमा रिहा गरेको थियो तर अदालतले तोकेको २५ हजार धरौटी तिर्न नसकेपछि उनीहरु दुवैजना २५ दिन कारागार बसेका थिए । पार्टी कामको सिलसिलामा रहेको कुमाल र भट्टलाई प्रहरीले घाइते बनाउनुकासाथै एक जनाको खुट्टा समेत भाचेर घाइते बनाई प्रकाउ गरेको बन्दीका आफ्न्तको भनाई छ । यसैबीच बिहीबार नै स्याङजाबाट नेकपाका कार्यकर्ता शिव दर्लामीलाई प्रहरीले गिरफतार गरेको खबर छ ।

२०७६ साउन २३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :