कस्मिरमा भारतको ज्यादती


दक्षिण एशियामा भारतीय साम्राज्यवादको अतिक्रमण, हस्तक्षेप र आक्रमण तिव्र बन्दै गएको छ । त्यसको पछिल्लो निशानामा जम्बु, कस्मिर र लद्धाख परेका छन् । सन् १९४७ मा भारत र पाकिस्तान अलग हुँदा दुवै देशको आ–आफ्नो दावि गरेक थिए । त्यसै विषयलाई लिएर यी दुई देशहरु १९४७ र १९६५ मा पूर्ण स्तरको युद्ध र कैयौं पटक आंशिक स्तरको युद्धमा होमिई सकेका छन् । सन् १९४८ मा संयुक्त राष्ट्र संघ, सुरक्षा परिषदले कस्मिरमा जनमत संग्रह गराउने र भारत, पाकिस्तान वा स्वतन्त्र देश कुनै एक विकल्प रोज्ने अधिकार कस्मिरीहरुलाई दिने निर्णय गरेको थियो । त्यो निर्णयलाई शुरुमा स्विकार गरेको भारतले कालान्तरमा जनमत संग्रह आफ्नो विपक्षमा जाने देखेपछि अस्विकार गर्यो ।

कस्मिर ६० प्रतिशत भन्दा बढी मुस्लिम समुदाय रहेको देश हो । भारतका ३ सयभन्दा बढी रजौटाहरुमध्ये प्राचीन देश हो । जहाँ हिन्दुहरुले शासन गर्थे । जवाहरलाल नेहरु कस्मिरका राजशाही खलक हुन । भारतमा कस्मिरी राजखलकको राजनीतिक र व्यापारमा ठूलो प्रभाव कायमै छ । कस्मिर स्वतन्त्र देश रहिरहेको समय १९४७ यता भारत, चीन र पाकिस्तानले आ–आफ्नो दावि गरे । कस्मिर त्रिपक्षीय चेपुवामा पर्यो । कस्मिर स्वतन्त्र देश रहिरहने सम्भावना नदेखेपछि तत्कालीन कस्मिरी हिन्दु राजा हरिसिंहले कस्मिरलाई भारतमा गाभ्ने निर्णय गरे । तर कस्मिरी मुस्लिम नेता शेख अबदुल्ला पाकिस्तानमा गाभ्न चाहन्थे । पूर्वी कस्मीर तथा लद्धाखमा चीनको दावि पनि रहकै थियो ।

भारतको संविधान, धारा ३७० मा कस्मिरलाई विशेष सहुलियत प्रदान गरिएको थियो । जसअनुसार झण्डा, निशान छाप, नागरिकता, संसद, सर्वोच्च अदालत कस्मिरको आफ्नै व्यवस्था थियो र भारतको सामान्य कानुन अरु प्रदेशमा झै कस्मिरमा लागू हुँदैनथ्यो । भाजपाले कस्मिरलाई अरु राज्य सरह बनाउने र विशेष दर्जा हटाउने पक्षमा वकालत गर्दै आएको थियो । केहि दिन यता दिल्लीले मानसरोबरका तिर्थयात्रीहरुलाई घर फर्किन सूचना जारी गर्यो । कस्मिरमा हजारौं सेना तैनाथ गर्यो । अनेकौं अड्कल र आशंका भइरहेको बेला संविधानको धारा ३७० खारेज गर्दै कस्मिरमा कफ्र्यू आदेश गरियो । तारफोन, विनातारका फोन र इन्टरनेट बन्द गरियो । पूर्व मुख्य मन्त्री अमर अबदुल्लासहित सबै गैर भाजपा नेताहरुलाई बिनाकारण नजरबन्द वा गिरफ्तार गरिएको छ ।

भाजपा सरकारद्वारा साउन २० गते गरिएको हस्तक्षेपले दक्षिण एशिया नै अशान्त बन्न गएको छ । लद्धाखलाई केन्द्र शाषित प्रदेश बनाउने निर्णयलाई चीनले आफ्नो भू–भागप्रति भारतको अतिक्रमण भएकोले मान्यता नदिने बताएको छ ।

जम्बु र कस्मिरलाई सन् १८४७ मा गुलाब सिंहले ब्रिटेनसँग किनेर शासन चलाएका र १ सय वर्षयता सो क्षेत्र स्वतन्त्र देशको हैसियतमा थियो । सन् १९४७ यता भारतीय सुरक्षाकर्मीले जम्बु र कस्मिरमा ४१ हजार ८ सय ४९ को हत्या गरिसकेको दाबि गरिन्छ । यसअघि नै पाकिस्तानका राष्ट्रपति इमरान खानले अमेरिकालाई मध्यस्तता गरिदिन आग्रह गरिसकेका र ट्रम्पले मोदीसँग सो विषयमा चासो राखिसकेका छन् । अमेरिकाले पाकिस्तानसँगको परम्परागत सम्बन्ध पुनर्जिवित गर्ने संकेत दिइसकेको छ । चीनले ‘भारतको घरेलु कानुनले लद्धाखमा काम नगर्ने र त्यो अमान्य’ भनिसकेको छ । जम्बु, कस्मिर र लद्धाखको समस्याको विषयमा साझा धारणा बनाउने उद्देश्यले पाकिस्तानले मुस्लिम देशहरुको वैठक बोलाएका छन् । साउदी अरबमा भएको सो वैठकमा साउदी राजकुमारको उपस्थितिलाई अर्थपूर्ण ठानिएको छ । किन की साउदी राजखानदान र अमेरिकाको गहिरो सम्बन्ध रहेको छ । पाकिस्तानी सेनाले आफूहरु कस्मिरी जनताको साथमा रहेको बताएको छ भने भारतीय सेना प्रमुख डोबलले कुनै पनि हदसम्म जान तयार भएको बताएका छन् । भारत अब पाकिस्तानसँगको युद्ध र हिन्दु–मुस्लिम साम्प्रदायिक दंगाको भूमरीमा फस्न सक्ने आँकलन गर्न थालिएको छ । इमरान खानले घुमाउरो शब्दमा आणविक युद्धसम्मको धम्की दिएका छन् । पाकिस्तानले कस्मिर समस्यालाई सुरक्षा परिषदमा लग्ने बताएको छ । त्यसो भयो भने रुस तटस्थ बस्न सक्ने र बाँकी देशहरु पाकिस्तानको पक्षमा उभिन सक्छन् । त्यसो भयो भने भारत विश्वमञ्चबाट एक्लिने र भारतमा आतंकवादी हमला भएपनि सहानुभूति पाउने छैन । त्यसको घरेलु राजनीतिमा पनि प्रभाव पर्न सक्छ ।

भारत–पाकिस्तान तनाव बढिरहेको बेला बुधबार नै पाकिस्तानले भारतीय राजदूत (उच्चायुक्त)लाई फिर्ता पठाउने र आफ्ना दिल्ली उच्चायुक्तलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ । पाकिस्तानले भारतसँगको व्यापार पनि स्थगित गरिसकेको छ । एशियाका यी परम्परागत वैरी देशहरु कुटनीतिक सम्बन्ध विच्छेदको अवस्थामा पुगेका छन् । भारतमा हिन्दु अतिवादीहरु खुशीयाली मनाइरहेका छन् भने पाकिस्तानमा भारतको विरुद्ध व्यापक विरोध भएको छ । जम्बु, कस्मिर र लद्धाखमा सञ्चार सेवा बन्द भएको र कफ्र्यु लागेकोले विरोधको स्वर बाहिर आएको छैन । कफ्र्यु हट्नासाथ विद्रोह उग्रहुनसक्ने ठानिएको छ । विश्व जनमत कस्मिरी जनताको पक्षमा देखिन्छ ।

भाजपाले कास्मिरमा वेस्टब्याङ्कमा इजरायलले जसरी जातिय सफाया गर्ने र हिन्दुवादीहरुलाई लगेर राख्न सक्ने चिन्ताहरु गरिएको छ । जवकि जम्बु, कस्मिरको संविधान अनुसार सो क्षेत्रमा आप्रावासीहरुको प्रवेशलाई हालसम्म निषेध गरिएको थियो । मुस्लिम बहुल सो क्षेत्रलाई हिन्दु अतिवादीहरुले आफ्नो पवित्रभूमी मान्दै आएका छन् । सोमबार यता कस्मिरमा भारतीय सेनाको तैनाथी १ लाख नाघिसकेको छ । सडकमा यत्रपत्र जाँच र काँडेतारहरुले अवरोधक जाँच विन्दु खडा गरिएको छ । सो क्षेत्र अहिले विश्वकै सबैभन्दा धेरै सैन्यकृत भूभाग बन्न गएको छ । हिन्दु अतिवादको ज्यादतीले दक्षिण एशियामै तनावको बादल मडारिएको छ ।

२०७६ साउन २३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :