चुनावमा प्रयोग गरिएका साधनहरु तोडफोड

GADI 960x640अम्बिका चन्द/काठमाडौं,असार ८ः चुनाव खारेजी अभियानमा रहेका युवा र स्थानिय जनताले प्रचार अभियानका ३ वटा बाहनमा तोडफोड गरेका छन् । दाङ, तुल्सीपुरमा चुनाव खारेजी अभियानमा रहेका युवाहरु र स्थानियहरुले कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावी अभियानमा प्रयोग गरेका वाहनहरु नं. लु १ ज १२६३, रा १ ज ५६६ र भे १ ज ५७८ मा तोडफोड गरेका हुन ।

तोडफोडको कारण ३ वटा वाहन क्षतीग्रस्त भएका छन् । दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहका अनुसार जनमोर्चा र जनमुक्ति पार्टीेले चुनावी अभियानमा प्रयोग गरेका साधनहरु पनि तोडफोडमा परेका छन् । नेकपा दाङले साना दलका साधनमा तोडफोडमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको बताएको छ । तर उसले चुनाव खारेजी अभियानमा रहेका स्थानीय युवाहरुले ठूला राजनैतिक दलहरुका साधनमा भने तोडफोड गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :